Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नाथुला भन्ज्याङः भारत र चीनबीच तनाव

\"\"काठमाडौं, १३ असार । चीनले तिब्बत र सिक्किमबीचमा रहेको उसको भूभागमा भारतीय पक्ष अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको छ । उक्त विवादले दुई देशबीच तनाव बढाएको छ । चिनियाँ अधिकारीहरुले सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरुले आफ्नो भूभागमा हुने सामान्य गतिविधिमा अवरोध पुर्याएको बताएका छन् र ती सुरक्षाकर्मीलाई तुरुन्तै फिर्ता गर्न भारतलाई भनेका छन् । भारतले पनि हालसालै चिनियाँ सेना उसको सीमामा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको थियो । नाथुला भन्ज्याङ तिब्बतमा रहेका हिन्दु र बौद्ध धर्मका पवित्रस्थल भ्रमण गर्न भारतीय तीर्थालुहरुले प्रयोग गर्ने क्षेत्र हो । उक्त क्षेत्रमा चीन र भारतबीच सन् १९६७ मा भिडन्त भएको थियो, र अहिले पनि बेला बेलामा तनाव बढ्ने गर्छ । इथिराजन अनबरसन भन्छन्, पछिल्लो घटना केही वर्षयता दुई राष्ट्रबीचको तनावमध्ये सबैभन्दा गम्भीर खालको जस्तो देखिन्छ । रोयटर्सले चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै पछिल्लो गतिविधिले शान्ति खलबल्याउन सक्ने चेतावनी दिएको बताएका छन् । चीनले आफ्नो सिमानाभित्र पर्ने भन्दै आएको क्षेत्रमा सडक निर्माण गर्दा पनि भारतले बाधा पुर्याएको आरोप लगाएको छ । यस आरोपबारे भारतबाट अहिलेसम्म आधिकारिक टिप्पणी आएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला साताहरुमा दुवैतिरका सीमारक्षकहरुबीच तनावका घटना भएका छन् । ती विवरणमा चिनियाँ सेनाले सिक्किममा प्रवेश गरेर त्यहाँ रहेका भारतीय सेनाका दुई अस्थायी बंकर ध्वस्त गरिदिएको आरोप लगाइएका छन् । यी तनावका कारण बेइजिङले आधिकारिक रुपमा सीमाक्षेत्र वारपार हुने तीर्थयात्रा रोकेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending