Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नाथुला भन्ज्याङः भारत र चीनबीच तनाव

\"\"काठमाडौं, १३ असार । चीनले तिब्बत र सिक्किमबीचमा रहेको उसको भूभागमा भारतीय पक्ष अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको छ । उक्त विवादले दुई देशबीच तनाव बढाएको छ । चिनियाँ अधिकारीहरुले सीमामा खटिएका भारतीय सुरक्षाकर्मीहरुले आफ्नो भूभागमा हुने सामान्य गतिविधिमा अवरोध पुर्याएको बताएका छन् र ती सुरक्षाकर्मीलाई तुरुन्तै फिर्ता गर्न भारतलाई भनेका छन् । भारतले पनि हालसालै चिनियाँ सेना उसको सीमामा अनधिकृत रुपमा प्रवेश गरेको आरोप लगाएको थियो । नाथुला भन्ज्याङ तिब्बतमा रहेका हिन्दु र बौद्ध धर्मका पवित्रस्थल भ्रमण गर्न भारतीय तीर्थालुहरुले प्रयोग गर्ने क्षेत्र हो । उक्त क्षेत्रमा चीन र भारतबीच सन् १९६७ मा भिडन्त भएको थियो, र अहिले पनि बेला बेलामा तनाव बढ्ने गर्छ । इथिराजन अनबरसन भन्छन्, पछिल्लो घटना केही वर्षयता दुई राष्ट्रबीचको तनावमध्ये सबैभन्दा गम्भीर खालको जस्तो देखिन्छ । रोयटर्सले चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै पछिल्लो गतिविधिले शान्ति खलबल्याउन सक्ने चेतावनी दिएको बताएका छन् । चीनले आफ्नो सिमानाभित्र पर्ने भन्दै आएको क्षेत्रमा सडक निर्माण गर्दा पनि भारतले बाधा पुर्याएको आरोप लगाएको छ । यस आरोपबारे भारतबाट अहिलेसम्म आधिकारिक टिप्पणी आएको छैन । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्ला साताहरुमा दुवैतिरका सीमारक्षकहरुबीच तनावका घटना भएका छन् । ती विवरणमा चिनियाँ सेनाले सिक्किममा प्रवेश गरेर त्यहाँ रहेका भारतीय सेनाका दुई अस्थायी बंकर ध्वस्त गरिदिएको आरोप लगाइएका छन् । यी तनावका कारण बेइजिङले आधिकारिक रुपमा सीमाक्षेत्र वारपार हुने तीर्थयात्रा रोकेको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending