Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यस्ता छन मोदी र ट्रम्पबीचको ४ घण्टा लामो बैठकका घोषणा

\"\"वाशिङ्टन डिसी, १३ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठक सम्पन्न भएको छ । बैठकपछि दुबै नेताले संयुक्त विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा आपसी हित र आतंकवादविरुद्ध साझारुपमा लड्ने प्रतिबद्धता उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपतिको निमन्त्रणामा वाशिङ्गटन डिसिस्थ्ति व्हाइट हाउस पुगेका नरेन्द्र मोदीले ४ घण्टा व्हाइटमा बिताए । अमेरिकी उपराष्ट्रपति माइक पेंस, रक्षा मंत्री जेम्स मैटिस, विदेश मंत्री रेक्स टिलरसन र राष्ट्रीय सुरक्षा सलाहकार लेफ्टिनेंट जनरल एच आर मैकमास्टर, भारतीय राष्ट्रीय सुरक्षा सलाहकार अजीत डोभाल, विदेश सचिव एस जयशंकर र अमेरिका में भारतका राजदूत नवतेज सरना बैठकमा सहभागी थिए । बैठकपछि मिडियालाई सम्बोधन गर्दै दुबै नेताले बैठक निकै महत्वपूर्ण रहेको बताए । प्रधानमन्त्री मोदीले भारत र अमेरिकी सम्बन्धका हरेक आयामको बिस्तारमा चर्चा भएको बताउँदै आर्थिक सामाजिक परिवर्तनका लागि भारतको नयाँ भारतको भिजन र अमेरिकाको ग्रेट अमेरिकाको भिजनले दुबै देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । मजबूत र सफल अमेरिकामा नै भारतको हित रहेको उनको भनाई थियो । बिबिसीमा उल्लेख भए अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले मिडियाका अगाडि बोल्दै भारतको उच्च प्रशंसा गरेका थिए । दुबै देशको संविधान “वी द पिपुल” बाट शुरु भएको संयोग उल्लेख गर्दै ट्रम्पले भारतीय संस्कृति, धरोहर र बिरासत आफ्ना लागि अगाध श्रद्दाको विषय रहेको बताएका थिए । ट्रम्पले उक्त भेटबाट भारत र अमेरिकी सम्बन्ध नयाँ उचाईमा पुगेको बताउँदै दुबै देश उग्र इस्लामी आतंकवादविरुद्ध लडिरहेको र अर्का महिना संयुक्त सैन्य अभ्यास समेत गर्न गइरहेको जानकारी दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending