Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

५२० पदका लागि दुई हजार ३८२ उम्मेदवार भिड्दै

\"\"दाङ, ९ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा दाङबाट दुई हजार ३८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यो कुल पदभन्दा चार गुणा बढी रहेका छन् । जिल्लामा ५२० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा नौ सय ५४ महिला उम्मेदवार प्रतिस्पर्धामा ओर्लिएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको दाङमा नगरप्रमुख पदमा ८२ जना र उपप्रमुखमा ६७ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन् । त्यसैगरी एक सय वडाध्यक्षका लागि ५२३ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये महिलाको सङ्ख्या २४ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै एकसय दलित महिला सदस्य पदका लागि ३८५ जना दलित महिला चुनावी प्रतिस्पर्धामा छिन् । सबै दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले यतिखेर चुनावलाई आफनो पक्षमा पार्नका लागि मतदातसँग मत माग्न व्यस्त देखिएका छन् । उनीहरुले बिहानैदेखि प्रचारप्रसार, घरदैलो र चुनावी सभालगायत कार्यक्रम गरिरहेका छन् । दाङमा प्रमुख दलका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । दाङमा स्थानीय तह निर्वाचनका लागि जिल्लामा १५१ वटा मतदानस्थल र ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । भने जिल्लामा दुई लाख ९१ हजार १५० मतदाता रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE