Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

माओवादी ‘कम ब्याक’ हुन्छः बर्षमान पुन

\"\"दाङ, ९ असार । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति सिर्जना हुँदै गएको बताएका छन् । चुनावी प्रचार प्रसारको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेका बताए । ‘पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौं भने ५२ ठाउँमा दोस्रो भयौं’–उनले भने–‘त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कमब्याक हुने संभावना बढेर गएको छ । प्रदेश नम्बर ५ का जिल्लाहरुमा चुनावी उत्साह उल्लेख्य बढेको जनाउँदै उनले चुनावको माहोल माओवादीको पक्षमा आइसकेको दावी गरेका छन् । नेता पुनले शुक्रवार मात्रै दाङका झण्डै दस स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । माओवादी पार्टीमा आएको विभाजनका कारण २०७० सालको संविधानसभा निर्वाचनमा हार ब्यहोर्नुपरेको उल्लेख गर्दै उनले भने–‘अहिले चुनाव जित्ने धेरै सूचक हामीले पूरा गरेका छौं, फूटेको पार्टी एक भएको छ र संविधान जारी गर्नेदेखि स्थानीय तह पुनर्संरचना गर्नेसम्मका एजेण्डा हामीले सफल बनाएका छौं ।’ आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका लोडसेडिङ अन्त्य, आर्थिक बृद्धिदर, चीन र भारतसँग सन्तुलित सम्बन्ध विकासलगायतका कामले माओवादीले अवसर पाए गर्दोरहेछ भन्ने यथार्थ स्थापित भएकाले पनि माओवादीको पक्षमा जनमत बढ्दै गएको नेता पुनले बताएका छन् । दाङको सन्दर्भमा प्रदेश राजधानी,सरकारी मेडिकल कलेज, अन्तर्राष्ट्रिय विमानस्थल आदि माओवादीका प्रमुख विकास एजेण्डा भएको बताए । पूर्वमन्त्री पुनले शुक्रवार अर्घाखाँचीको एक ठाउँ तथा दाङको गढवा बंगलाचुली गाउँपालिका गरी दस स्थानमा चुनावीसभालाई सम्वोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE