Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

पराष्ट्रमन्त्री महराले अल्जिरियाका राजदूतलाई के भने ?

\"\"काठमाडौं, ९ असार । उपप्रधान तथा पराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि अल्जिरियाका गैरआवासीय महामहिम राजदूत हम्जा याहिया चेरिफ (Hamza Yahia Cheriff)ले शिष्टाचार भेटवार्ता गरेका छन् । पराष्ट्रमन्त्रालयमा शुक्रवार आज भएको भेटवार्तामा महराले अल्जिरियन राजदूतलाई वर्तमान सरकारको प्राथमिकताको जानकारी दिँदै तीनै तहको निर्वाचन सम्पन्न गर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई तीब्रता दिने तथा शान्ति प्रकृयालाई सम्पन्न गर्ने रहेको बताए । सो अवसरमा परराष्ट्रमन्त्री महराले सन् २०१८ देखि २०२० को अवधिका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्यको रुपमा नेपालले उम्मेदवारी दिएकाले समर्थन गर्न राजदूतमार्फत अल्जिरियाको सरकारलाई आग्रह गरे । अल्जिरियन राजदूत हम्जाले आफ्ना नागरिकलाई निःशुल्क स्वदेश फर्कने अनुमति दिएकोमा अल्जिरिया सरकारको तर्फबाट नेपाल सरकार तथा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई धन्यवाद व्यक्त गरे । अफ्रिकन मुलुक अल्जिरीयन नागरिक अब्देल कादेर इब्राहिम अजुज(Abdelkader Ibrahim Azzouz) विगत १६ वर्षदेखि नेपाल बस्दै आएका थिए । निजको राष्ट्रियता नखुलेका कारण लामो अवधिदेखि नेपालमा शरणार्थीका रुपमा बस्दै आएका थिए । निजको राष्ट्रियता पहिचान भएपछि अल्जिरीया सरकारले उनलाई स्वदेश फर्काइदिन नयाँ दिल्लीस्थित अल्जिरीयाको दूतावासमार्फत नेपाल सरकारलाई अनुरोध गरेको थियो । नेपाल र अल्जिरियाबीचको सुमधुर तथा सहयोगात्मक सम्बन्ध तथा मानवीयताको आधारमा नेपाल सरकारले निज नागरिकले भिषा तथा जरिवाना वापत लाग्ने शुल्क मिनाहा गरी स्वदेश फर्कन अनुमति दिएको हो । राष्ट्रसङ्घको मानवअधिकार काउन्सिलको सदस्यका लागि समर्थन गर्ने विषयमा राजदूत हम्जाले अल्जिरिया सरकारले नेपाललाई समर्थन गर्ने आस्वासन दिनुभयो । सो अवसरमा अरव क्षेत्रमा देखिएको वर्तमान गतिरोधको विषयमा समेत छलफल भएको थियोे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE