Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बाबुरामलाई हिसिलाको प्रश्न– तपाईंको नयाँ शक्तिको बहस कहाँ पुग्यो ?

काठमाडाैं, एमाओवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बेलाबेलामा उठाउने ‘नयाँ शक्ति’ बारे एमाओवादी नेतृ तथा भट्टराई पत्नी हिसिला यमीले नै प्रश्न उठाएकी छिन् । मार्टिन चौतारीले बुधबार राजधानीमा भट्टराईलाई प्रमुख वक्ता बनाइएको कार्यक्रममा फ्लोरबाट यमीले ‘तपाईंको नयाँ शक्तिको बहस कहाँ पुग्यो ?’ भन्ने प्रश्न गरेकी हुन् । जवाफमा भट्टराईले नयाँ शक्तिको बहस संविधान निर्माणलाई मध्यानजर गर्दै केही समय रोकिएको बताए । संविधान जारी भएपछि ‘कसैले’ नयाँ शक्तिको विषय उठाउने उनको भनाई थियो । भट्टराईले स्पष्टीकरण दिंदै भने– ‘मैले मेरै नेतृत्वमा नयाँ शक्ति निर्माण गर्ने कहिल्यै भनेको छैन । राजनीति गतिरोध कायमै रहे कुनै शक्तिले यसको फाइदा उठाउँछ भनेको हुँ ।’ अहिलेको एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्व नयाँ शक्ति बन्न नसक्ने पनि भट्टराईले प्रष्ट्याए । करिव ३५ मिनेट लामो मन्तव्य दिने क्रममा भट्टराईले एमाओवादीको अहिलेको नेतृत्वले नयाँ शक्ति निर्माण गर्न नसक्ने समेत दावी गरेका हुन् । इतिहासको विभिन्न कालखण्डमा कांग्रेस, एमाले र माओवादीले क्रान्तिको नेतृत्व गरेको भन्दै अबको राजनीति कार्यभार वर्तमान नेतृत्वले पूरा गर्न नसक्ने ठोकुवा गरे । संविधान जारी भएपछिको अवस्थामा आर्थिक क्रान्तिको नेतृत्व नयाँ शक्तिले गर्न सक्ने उनको भनाई थियो । तर, त्यस्तो शक्तिको राजनीतिक दर्शन र नीति कस्तो हुने भन्ने विषयमा उनले केही बोलेनन् । प्राप्त उपलब्धीको रक्षा गर्न नसक्दा एमाओवादी असफल भएको स्वीकार्दै यसको दोष पार्टीकमो मूल नेतृत्वले लिनुपर्नेसमेत उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending