Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

उम्मेद्वार बनाउन एमालेमा 'बार्गेनिङ', २१ लाख मागेको भन्दै काफ्लेले छाडे पार्टी

\"\"मोरङ, ८ असार । नेकपा एमालेका नेताहरुले स्थानीय तहको उम्मेदवार बनाउने भन्दै बार्गेनिङ गरेको रहस्य सार्वजनिक भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने भन्दै एमालेका केन्द्रीय स्तरका नेताले बार्गेनिङ थालेका हुन् । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदका लागि सिफारिसमा परेका भेषराज काफ्लेले आफूसँग एमाले नेताले २१ लाख रुपैयाँ माग गरेको भन्दै पार्टी परित्याग गरेका छन् । एमालेका केन्द्रीयस्तरको नेताले नै पैसा मागेको भन्दै आफुले राजीनामा दिएको बताएका छन् । काफ्ले ४७ बर्षदेखि एमाले राजनीतिमा थिए । एमालेको प्रदेश नम्बर १ को टिकट बाँड्ने कामको नेतृत्व प्रदेश इञ्चार्ज भीम आचार्यले गर्दै आएका थिए । र, यो पनि

एमालेमा गुपचुप राखिएको एउटा डरलाग्दो काण्ड

काफ्लेका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षका लागि गाउँ कमिटीले सिफारिस गरेरको पहिलो नाम काफ्लोको थियो । तर प्रदेश कमिटीले उम्मेद्वारको चर्चा नभएका देवीप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । काफ्लेद्धारा दुई पृष्ठ लामो विज्ञप्तिमा भनेका छन् ‘क्रमशः म भेषराज काफ्लेलाई २१ लाख नगद मागियो । दिन अस्वीकार गरेपछि दोस्रो प्रत्याशीलाई २५ लाख रुपैयाँ मागियो । त्यो पनि नदिएपछि तेस्रोसँग १५ लाख रुपैयाँ मागियो । तेस्रोबाट पनि अस्वीकार गरेपछि हालका अध्यक्षका उम्मदेवार देवीप्रसाद आचार्यलाई टिकट दिने निर्णय गरियो, जुन पहिला चर्चै थिएन ।’ यसरी किन हठात निर्णय गरियो ? कति पैसा दिएर टिकट ल्याइयो अथवा कति पैसा दिएर टिकट दिएको हो सो कुरा तत्काल सार्वजनिक गरि दोषीलाई कारवाहि गरियोस् भनी नेताहरुलाई अनुनय विनय गर्दा पनि सुनुवाई भए अनि न्याय पनि पाइएन’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेकपा एमाले मोरङ जिल्ला सदस्य कमला मास्केले समेत पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । सुन्दर हरैंचा नगरपालिकामा आर्थिक अवस्था भएकाहरुलाई बाइपास गर्दै धनाढ्यहरुलाई उम्मेदवारको टिकट दिएको उनले बताएकी छिन् । \"\" \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending