Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नेताहरुको नजरमा सुर्यबहादुर थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य तथा बयोवृद्ध पञ्चायतकालिन नेता सुर्यबहादुर थापाको निधनलाई नेताहरुले राजनीति अभिवाक गुमाउनु परेको बताएका छन् । थापाको बुधबार राती उपचारको क्रममा नयाँ दिल्ली स्थित मेदान्ता हस्पिटलमा निधन भएको थियो । थापाको निधनको खबरसँगै एमाओवाद उपाध्यक्ष बाबुराम भट्टराईले थापाको निधनले देशले कुशल नेता र स्वयंमले भरपर्दो अभिवाक गुमाएको बताएका छन् । \"Baburam\"उलनले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘वहाँको दुःखद निधनमा देशले एक कुशल नेता गुमाएको छ भने मैले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु ।’ त्यस्तै थापाको निधनमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको जेठो सदस्य सूर्यबहादुर थापाको असमायिक निधनले आफूलाई मर्माहत तुल्याएको बताएका छन् । पौडेलले शोक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘नेपाली राजनीतिका कैयौं घटनाक्रमका साक्षीका रुपमा जीवन व्यतित गर्नु भएका पूर्व प्रधानमन्त्र िथापाको निधनबाट देशले एक भरपर्दो, कुशल एवंम शीर्ष राजनीतिक व्यक्तित्व गुमाएको छ ।’ त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिका एक शिखर व्यक्तित्वको अवसान भएको बताएका छन् । मुलुक संक्रमणकालबाट गुज्रीरहेको अवस्थामा थापाको निधन अपुरणीय राष्ट्रिय क्षति भएको उल्ेख गरेका छन् । \"Kamalकमल थापाले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्– ‘देश जटिल संक्रमणको स्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा उहाँको निधन अपुरणिय राष्ट्रिय क्षति हो ।’ थापाको निधनले आफु मर्माहत भएको बताउँदै कमल थापाले सूर्यबहादुर थापामा परिस्थितिको सटिक विष्लेषण गर्ने र समयलाई ठिक ढंगबाट पहिचान गर्न सक्ने विचित्रको क्षमता रहेको उल्लेख गरेका छन् । उनले भनेका भनेका छन्– ‘ जस्तोसुकै कठिन परिस्थितिमा पनि पटक्कै विचलित नभई चुनौतीलाई सामना गर्ने साहस र दृढता उहाँले निरन्तर कायम राख्नु भयो। राष्ट्रियता र प्रजातन्त्र प्रतिको उहाँको निष्ठा सदैव अबिचलित रह्यो ।’ कमल थापाले सूर्यबहादुर थापालाई उदार प्रजातन्त्रवादी नेता भएको बताएका छन् । \"Gyawali\"त्यसैगरी एमाले सचिव प्रदिप ज्ञवालीले थापाको निधनले नरमाइलो लागेको बताएका छन् । उनले निश्चित वर्ग र निश्चित धारका प्रखर राजनीतिज्ञको रुपमा उनलाई चित्रित गरेका छन् । उनले लेखेका छन्– ‘एका बिहानै सूर्यबहादुर थापाको निधनको दुखद ख़बर सुनेर नरमाइलो लाग्यो । निश्चित वर्ग र निश्चित राजनीतिक धारका प्रखर प्रतिनिधि उनी प्रभावशाली राजनीतिज्ञ थिए । हार्दिक श्रध्दांजली ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending