Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

दोस्रो चरणको चुनावः अहिलेसम्म को–को भए निर्विरोध निर्वाचित ?

\"\"काठमाडौँ, ६ असार । दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका भएका छन् । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुनेछ । दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुँदैछ । त्यस्तै निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मतदानमा भाग लिनेछन् । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र रहने छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने जनाएको छ । पहिलो चरणमा वैशाख ३१ गते आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ । रोल्पाको थवाङमा माओवादी रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको वडा नंम्बर ३ र ४ मा दलित महिला सदस्य माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएको र चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको औपचारिक घोषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिएका छन् । निस्दीमा एमाले पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिनुभएकी कुमारी विक निर्विरोध निर्वाचित भएकी हुन् । आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित महिला सदस्य पदमा उनको मात्र उम्मेदवारी आएको र उहाँविरुद्ध कसैले उजुरी नदिएपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत कल्पना अर्यालले जानकारी दिए । मिक्वाखोलामा कांग्रेस ताप्लेजुङ–दोस्रो चरणको निर्वाचनमा नेपाली कांंग्रेसले सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । बस्नेतले भने “उनीबाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।” लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बनेकी हुन् । उक्त वडामा काँग्रेसबाहेकका दलले दलित पहिला उम्मेदवार नपाएपछि कांग्रेस निर्विरोध भएको हो । तेह्रथुममा कांग्रेस तेह्रथुम– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली कांग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छिन् । आइतबार भएको उम्मेदवारी मनोनयनमा उनको एकल उम्मेदवारी परेको थियो । सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए । सो वडामा एकमात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो । यसपालिको स्थानीय निर्वाचनमा शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन भएका छन् । कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रुकुमको भुमेमा माओवादी रुकुमको भुमे गाउँपालिका वडा नं ७ मा वडाअध्यक्षबाहेक सबै पदमा नेकपा माओवादी केन्द्रका सदस्यहरु निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र रुकुमका अनुसार सदस्यहरुमा धनिमान बुढ़ा, रुपधन कामी, मनकुमारी बुढा, रामकुमारी सुनार र ६ नं वडाबाट दलित महिला सदस्य मीना सुनार निर्विरोध निर्वाचित भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE