Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

अस्पताल बन्द गरी वनभोजमा

वीरगन्ज, सरकारी स्तरको १५ शैय्याको पोखरिया अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी सबैजना मंगलबार नयाँ वर्षको वनभोज खान ठोरी गएकाले दिनभर बिरामीले उपचार पाउन सकेनन्। अस्पतालजस्तो संवेदनशील संस्था बन्द गरेर स्वास्थ्यकर्मीसहित व्यवस्थापन समितिका अध्यक्ष अस्पतालकै बजेटमा वनभोज गएका हुन्।
अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–घरायसी विवादमा झगडा हुँदा घाइते भएर लहाबरथकरी खेस्राहाका वीरेन्द्र ठाकुर मंगलबार उपचारका लागि पुग्दा अस्पताल बन्द थियो।अस्पताल बन्द भएकाले ठाकुरको उपचार निजी क्लिनिकमा गराएको उनलाई अस्पताल लिएर गएको एम्बुलेन्सका चालक नसिम पटेलले बताए ।
\'घाइतेलाई लिएर पुग्दा अस्पताल बन्द थियो\' पटेलले भने, \'नजिकैको क्लिनिकमा छाडेर म फर्किएँ।\'वनभोज खान अस्पतालका मेसु ९मेडिकल सुपरिटेन्डेन्ट० देखि पियनसम्म ठोरी गएका थिए। अस्पताल बन्द गरेर स्वास्थ्यकर्मी वनखोज गएका कारण बिरामीले सेवा नपाएर निजी क्लिनिकमा उपचार गराएको स्थानीय पसले धर्मेन्द्र चौरसियाले बताए। पोखरिया अस्पतालमा पर्साका २५ ग्रामीण गाविसका बिरामी उपचारमा आउँछन्। अस्पतालमा दैनिक सय हाराहारीमा बिरामीआउने गरेको निमित्त मेसु सुभद्रा थापाले बताइन्। नयाँ वर्ष मनाउन अस्पतालमा कार्यरत आफूसहित २५ जना स्वास्थ्यकर्मी र कर्मचारी वनभोज खान ठोरी गएको थापाले स्वीकारिन्। मिनी बस रिजर्भ गरेर वनभोज खान गएको उनले बताइन्। उनले अनमी पुष्पा ओलीलाई अस्पतालको जिम्मा लगाएर आफूहरू ठोरी गएको दाबी गरिन्। बुबालाई लिएर उपचारका लागि अस्पताल पुगेका हरिनारायण चौरसियाले भने कोही पनि स्वास्थ्यकर्मी नभेटिएको बताए। \'तीन सय ६५ दिन नै काम गर्छौं, एक दिन पिकनिक जाँदा के बिग्रियो ररुु अस्पतालका अहेव बृजेश द्विवेदीले भने, \'नयाँ साल मनाउन ठोरी गएका हौं।\' अस्पताल विकास समितिको अध्यक्षको कार्यभार सोमबारदेखि समालेका उमेश चौहान पनि वनभोज खान स्वास्थ्यकर्मीसँगै गएका थिए। उनले भने, \'सबैले रहर गरेका कारण नयाँ साल मनाउन ठोरी गएका हौं।\' अस्पताल बन्द गरेर नयाँ वर्ष मनाउन वनभोजमा जानु गलत भएको उनले स्वीकारे। \'गल्ती महसुस हुँदैछु, उनले भने, \'अब यस्तो गल्ती हुँदैन।\' वनभोजका लागि अस्पतालकै बजेटबाट ३० हजार रुपैयाँ खर्च गरेको स्रोतको दाबी छ। निमित्त मेसु थापाले भने अस्पतालका कर्मचारीले जनही पाँच सय रुपैयाँ संकलन गरेर वनभोज गएको बताइन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending