Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

'कात्तिकमा तेस्रो चरणको चुनाव'

\"\"मोरङ, ३१ जेठ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् । बुधबार विराटनगरमा पत्रकारसंग कुरा गर्दै गच्छदारले दोस्रो चरणमा हुन नसक्ने ठाउँमा तेस्रो चरणमा कात्तिक महिनामा निर्वाचन गर्ने बताएका हुन् । सरकारले जसरी पनि दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताएका हुन् । गच्छदारले घुमाउरो ढंगले २ र ५ नं प्रदेशको चुनाव कात्तिक महिनामा गर्ने बताए । त्यस बाहेकका प्रदेशमा असार १४ गते नै चुनाव हुने उनले बताए । ‘म जबरजस्ति पेलेर चुनाव गराउने पक्षमा छैन,’ उनले भने, ‘जबरजस्ति पेलेर चुनाव गराए मुलुकमा समस्या बल्झिन्छ र द्वन्द्व बढ्छ ।’ मधेसवादी दल संवैधानिक प्रक्रियामा आएकोले राज्यले उदारता देखाउनुपर्ने उनको तर्क थियो । ‘राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुने ग्यारेण्टी गर्छ भने सार्थक चुनावका लागि ११ वटा जिल्लामा तेस्रो चरणमा चुनाव गराउन सकिन्छ,’ उनले भने, ‘३२ वटा जिल्लामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन्छ ।’ ‘संविधान संशोधन चुनाव अगाडि हुन नसक्ने अवस्था रहेकोले यसमा कसैले अड्डी कस्नु हुँदैन,’ उनले भने, ‘संविधान संशोधनको पक्षमा आफू पनि रहेको तर त्यो पारित हुने गरि मात्रै प्रक्रिया लैजानु पर्छ ।’    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending