Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

खानेपानी आयोजनाको काम सुस्त गतिमा, ५ बर्षमा ६५ प्रतिशतमात्र काम

  \"\"काभ्रे, ३१ जेठ । बनेपा/काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको सम्पन्न गर्न थोरै समय बाँकि हुँदा ६५ प्रतिशत मात्रै काम सकिएको छ । उक्त आयोजनाको काम सम्पन्न गर्नुपर्ने मिति सकि अब २१ दिन मात्र बाँकि छ । बनेपा, पनौती र धुलिखेलका तीनैवटा नगरवासीलाई खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको आयोजना कार्य सम्पन्न गरि सक्नुपर्ने मिति नजिकै गर्दा काम भने ६५ प्रतिशत मात्र सकिएको छ । २०७४ असार १६ गते सकिदैछ । २०६९ साउन १२ गते टेण्डर आह्वान गरिएको र कात्तिक १ गते निङबो निङसाइङ इन्टरनेशनल इन्स चाइना कम्पनीको ठेकेदारसँग ६७ करोड ३३ लाख २६ हजार १ सय १० रुपियाँमा निर्माण कार्य सम्पन्न गर्न सम्झौता भएको थियो । हालसम्म ४७ करोड ९८ लाख १९ हजार १ सय ९४ भुक्तानी लिइसकेका छन् । तत्कालिन कुशादेवी गाविस–५ र ६ कलाँती भूमिडाँडा–१, ३ र ५ तीनै नगरका सबै वडामा पिउनेपानी सहज ढंगबाट उपलब्ध गराउनुपर्ने र सामाग्रीको दररेट बढेको हुँदा २४ करोड लागत स्टमेट थप भएको छ । ९१ करोडको लागतमा खानेपानी आयोजना सम्पन्न गर्ने २०७४ असार १६ गते सकिदैछ । आयोजना प्रमुख नारायण सुन्दर श्रेष्ठले काम ७५ प्रतिशत सकिएको भने पनि ६५ प्रतिशत भन्दा बढी नभएको आयोजनाका एक सदस्यले खबरडबलीलाई बताए । खानेपानी आयोजना निर्माणमा तीनै नगरको सहयोगमा निर्माण हुन लागेको आयोजनाको नगरपालिकाले कुल लागतको ५० प्रतिशत रकम व्यहोर्नुपर्नेछ । एडिबिले २९ र नेपाल सरकारले २१ प्रतिशत व्यहोर्नुपर्ने प्रावधान रहेको छ । ३५ प्रतिशत नगर विकास कोषबाट ऋण स्वरुप १५ प्रतिशत नगद नै एकीकृत खानेपानी आयोजनामा दिनुपर्ने हुन्छ । ट्याङ्की निर्माण गर्न जग्गा पाइप लाइनको लागि हो, उपलब्ध गराउने कार्य नगरपालिकाले गर्नुपर्ने हुन्छ । बनेपा र पनौतीले सबै रकम नियमानुसार भुक्तानी गरेको छ । धुलिखेल खानेपानीले एकिकृत खानेपानी प्रणालीमा नजाने, खानेपानीको मुहान धुलिखेल खानेपानीको हुनुपर्ने, एकिकृत खानेपानीको प्रयोग नगर्ने, त्यसैगरि पनौती नगरपालिकाबाट सिमा विवाद मिलाउनुपर्ने, आइटी पार्कको उचित संचालन, सिँचाईको वैकल्पिक व्यवस्था, तीनै नगरको फोहोरमैला व्यवस्थापन जस्ता मागहरुलाई सम्बोधन गर्ने कार्यहरु पुरा नभएर काम सम्पन्न हुन ढिला भएको आयोजना सम्वद्ध व्यक्तिहरु बताउँछन । एकिकृत खानेपानी आयोजना सम्पन्न गरि तीनै नगरका वडाका नागरिकहरुलाई समानुपातिक ढङ्गबाट पिउनेपानी खुवाउने भने पनि राजनीति दलहरुको असमझदारी आयोजनाका कर्मचारीको अदुरदर्शीपनबाट समयका आयोजना पुरा हुन नसकेको हो । खानेपानी आयोजना सम्पन्न गर्न ८ कि.मी पाईप बिछ्याउन बाँकी रहेको आयोजना प्रमुख श्रेष्ठले बताएका छन् । मुहानको कार्य पनि पुरा हुन सकेको छैन । निर्माण हुन बाँकी रहेका काम गर्न कार्यनिर्देशिका अनुसार कार्यक्रम अघि बढाउन भने पनि नभएको बताए । खानेपानी आयोजना निर्माण गर्ने कम्पनीलाई सम्झौता अनुसार कार्य गर्न ताकेता गर्ने कार्य भएको छ । पानी रिजर्भ गर्ने ट्याङ्की निर्माण गर्ने कार्य शुरु गरिँदैछ । तीनै नगरबाट राजनीतिक आर्थिक सामाजिक सहयोग निरन्तर आवश्यक छ । सबैको विश्वासयोग्य वातावरणले मात्र यो कार्य सफल हुन सक्छ ।’ २०७४ असार १६ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने योजना छ । उक्त कार्य सम्पन्न गर्न सबै लागौं भन्न चाहन्छु ।’ तर सन् २०२४ सम्ममा तीन नगरका ९२ हजार ८ सय ३० जनसंख्यालाई पानी खुवाउने कार्य सम्पन्न कहिले पुरा हुने एकिन छैन् । आयोजनाबाट २५ हजार घरधुरी लाभान्वित हुनेछन् भने २५ वर्षसम्म खानेपानी उपभोग गर्न पुग्ने अनुमान गरिएपनि तीनै नगरको स्थानीय पुर्नसंरचना अनुसार जनसंख्या र भुगोलमा परिवर्तन आएपछि यसको भविष्य समेत अन्योलमा देखिन्छ । तीन नगरपालिकासहित एक लाख नगरवासीका लागि खानेपानी खुवाउने लक्ष्यसहित आठ वर्षअघि सुरु गरिएको एकीकृत खानेपानी आयोजना राजनीतिक खिचातानी र स्थानीयको अवरोधका कारण अनिश्चित बनेको छ । प्रभावित मुहान क्षेत्रका स्थानीयले उचित क्षतिपूर्तिसहितका माग पूरा गर्नुपर्ने भन्दै अवरोध गरेपछि आयोजना अनिश्चित बनेको हो । जिल्लाको बनेपा, पनौती र धुलिखेल नगरपालिका एक लाख नगरवासीका खानेपानी खुवाउने लक्ष्यसहित ९७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजना प्रभावित मुहान क्षेत्रका स्थानीयको विवादले लम्बिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना कार्यालय बनेपाका प्रमुख श्रेष्ठले बताए । २०५७ सालमा तत्कालीन निर्वाचित प्रतिनिधिबीच २७ करोडको लागतमा आयोजना पूरा गर्ने सहमति भएको थियो तर अहिले आयोजनाको लागत बढेर ९७ करोड पुगिसक्दा पनि पूरा नहुँदा लाखौ नगरवासी खानेपानीबाट वञ्चित भएका छन् । आयोजनाले नगरपालिकासँग जोडिएका कुशादेवी र भूमिडाँडा गाविसका मूलडोल मुहानबाट प्रतिसेकेन्ड ३५ लिटर, सिसाखानीबाट प्रतिसेकेन्ड २५ लिटर, बैरामहादेवबाट प्रतिसेकेन्ड ७.५ लिटर, गुडगुडेबाट प्रतिसेकेन्ड ५ लिटर र खारखोलाबाट प्रतिसेकेन्ड ५.२३ लिटर गरी जम्मा ७७.७३ लिटर प्रतिसेकेन्ड गरी दैनिक ६७ लाख १५ हजार ८ सय लिटर पानी तीन नगरमा भित्रिने जनाएको छ । आयोजनाले २०१६ जुन महिनाभित्रमा नगरवासीका घरघरमा पानी ल्याइसक्ने दाबी गरे पनि २०७४ असार मसान्तसम्म समय थप गरिएमा अब माघसम्ममा कार्य सम्पन्न गरिने आयोजना प्रमुख श्रेष्ठले बताए । निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी निङ्बो निङ्स्याङ इन्टरनेसनल कम्पनीले बनेपा र धुलिखेलका केही स्थानमा ट्यांकी बनाउने, सबपाइप लाइन बिच्छ्याउने काम गरेपनि मुहान क्षेत्रमा भएको विवादले अझै पनि काम सुरु गर्न नसकेको बताउँदै आएको छ । ६७ करोडको लागतमा थप २४ करोड र आयोजना समय २०७४ असारसम्म थपिएको समयमा पनि आयोजना पुरा हुन सकेन । खानेपानी आयोजना सम्पन्न हुँदासम्म कूल लागत साढे ८७ करोड पुग्ने अनुमान गरिएकाले यो आयोजनालाई ’दोस्रो मेलम्ची’ समेत भन्ने गरिन्छ । चीनको निङ्बो निङसिङ इन्टरनेसनलले मूअक र कन्टिन्जेन्सीबाहेक ६६ करोड ३८ लाख २६ हजार रुपैयाँमा निर्माण ठेक्का पाएको थियो । बोर्डमा दलीय भागबण्डामा बनेको सरकारले २०६९ वैशाखमै काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गरेको भए बोर्डले पूर्णता नपाउँदै आयोजनाको समय अबधी सकिन लागेको छ । ६७ करोड लागतको आयोजनामा ४८ करोड खर्च भइसकेको छ । चिनियाँ कम्पनीले ठेक्का दुई वर्र्षिभत्र निर्माण सक्ने सम्झौता भएको थियो । तर, सम्झौता अवधि सकिए थपिएको अर्काे बर्ष केही दिन मात्र बाँकी हुँदा दूई तिहाइ काम पुरा भएको छ । हालसम्ममा एडिबीले १७ करोड २७ लाख, नेपाल सरकारले ६ करोड ३२ लाख, नगर विकास कोषको ऋण ११ करोड २७ लाख, तीनवटै नगरपालिकाले लागत सहभागिताबापत ५ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् । प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एकीकृत माओवादीको आ–आफ्नो स्वार्थका कारण आयोजनाको काम प्रभावित भएको छ । आयोजना निर्माणमा कुन दलले बढी जस लिने भन्ने होडबाजीले काम प्रभावित भएको आम स्थानीयको बुझाई छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE