Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन– ह्वाइट हाउस

\"\"अमेरिका, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतको भ्रमणको मिति तय नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले स्पष्ट गरेको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्री थेरेसा मेबीच शुक्रबार टेलिफोन वार्ता भएको स्वीकार गरेको छ । तर पनि राष्ट्रपति ट्रम्पको भ्रमणको बारेमा सो फोनवार्तामा कुनै कुरा नभएको बताएको छ । उनीहरुबीच शुक्रबार पछिल्लो पटक टेलिफोनवार्ता भएको थियो तर पनि सो वार्ताका क्रममा उक्त भ्रमणका विषयमा भने कुनै कुरा भएको छैन– ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यसअघि नै बेलायतका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई बेलायत भ्रमणको निमन्त्रण दिएका थिए । तर उनको भ्रमणको मितिको बारेमा अझै निश्चित भएको छैन । सो भ्रमणका बारेमा शुक्रबारको फोनवार्तामा छलफल भएर मिति तोकिएको अनुमानसहितका समाचार बाहिर आएका थिए । सो समाचारपछि ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेको हो । बेलायतमा राजनीतिक अस्थिरता र विवाद बढ्दो रुपमा रहेका छन् । केही दिनअघि भएको मध्यावधि निर्वाचनपछि राजनीतिक अस्थिरता झन् बढ्दो देखिन्छ । सोही कारणले पनि राष्ट्रपति ट्रम्पले तत्कालै बेलायत भ्रमण गर्ने विषयमा कुनै सोच नबनाएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हाल राष्ट्रपति ट्रम्पले भ्रमण गर्दा बेलायतमा रहेको राजनीतिक अस्थिरताको असर उहाँको भ्रमणमा पनि पर्नसक्छ । शुक्रबार बिहान भएको सो कुराकानीमा उनको भ्रमणको विषयमा भने प्रसङ्ग चलेको बताइएको छ । तर सो भ्रमणको मितिका विषयमा भने कुनै निर्णय भइनसकेको ह्वाइट हाउसका एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । ट्रम्प जापान र दक्षिण कोरियाको भ्रमणमा पनि जानै कार्यक्रम छ । तर ती भ्रमणका मिति भने सार्वजनिक गरिएको छैन । राष्ट्रपति ट्रम्प आगामी महिना जर्मनी, पोल्यान्ड र फिलिपिन्सको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही समयमा उनी बेलायत पनि आउनसक्ने गरी भ्रमणको कार्यक्रम बन्नसक्ने भनी समाचार आइरहेका छन् । केही दिनमात्र अघि भएको लन्डन ब्रिजको आतङ्ककारी हमलामा राष्ट्रपति ट्रम्पले लन्डनका मेयरको तिखो आलोचना गरेका थिए । उनले सो हमलामा लन्डनका मेयर सादिक खानको जिम्मेवारीको कमीको विषयमा कुरा उठाएका थिए । उनको सो प्रतिक्रियाको बेलायत र अमेरिकामा पनि व्यापक मात्रामा आलोचना भएको थियो । सोही कारण पनि राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्दा लन्डनमा उहाँको स्वागत भव्यरुपमा होला भन्ने विषयमा आशङ्का रहेको कतिपय विश्लेषकहरुले जनाएका छन् । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies