Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन– ह्वाइट हाउस

\"\"अमेरिका, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतको भ्रमणको मिति तय नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले स्पष्ट गरेको छ । ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्री थेरेसा मेबीच शुक्रबार टेलिफोन वार्ता भएको स्वीकार गरेको छ । तर पनि राष्ट्रपति ट्रम्पको भ्रमणको बारेमा सो फोनवार्तामा कुनै कुरा नभएको बताएको छ । उनीहरुबीच शुक्रबार पछिल्लो पटक टेलिफोनवार्ता भएको थियो तर पनि सो वार्ताका क्रममा उक्त भ्रमणका विषयमा भने कुनै कुरा भएको छैन– ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यसअघि नै बेलायतका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पलाई बेलायत भ्रमणको निमन्त्रण दिएका थिए । तर उनको भ्रमणको मितिको बारेमा अझै निश्चित भएको छैन । सो भ्रमणका बारेमा शुक्रबारको फोनवार्तामा छलफल भएर मिति तोकिएको अनुमानसहितका समाचार बाहिर आएका थिए । सो समाचारपछि ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेको हो । बेलायतमा राजनीतिक अस्थिरता र विवाद बढ्दो रुपमा रहेका छन् । केही दिनअघि भएको मध्यावधि निर्वाचनपछि राजनीतिक अस्थिरता झन् बढ्दो देखिन्छ । सोही कारणले पनि राष्ट्रपति ट्रम्पले तत्कालै बेलायत भ्रमण गर्ने विषयमा कुनै सोच नबनाएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हाल राष्ट्रपति ट्रम्पले भ्रमण गर्दा बेलायतमा रहेको राजनीतिक अस्थिरताको असर उहाँको भ्रमणमा पनि पर्नसक्छ । शुक्रबार बिहान भएको सो कुराकानीमा उनको भ्रमणको विषयमा भने प्रसङ्ग चलेको बताइएको छ । तर सो भ्रमणको मितिका विषयमा भने कुनै निर्णय भइनसकेको ह्वाइट हाउसका एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । ट्रम्प जापान र दक्षिण कोरियाको भ्रमणमा पनि जानै कार्यक्रम छ । तर ती भ्रमणका मिति भने सार्वजनिक गरिएको छैन । राष्ट्रपति ट्रम्प आगामी महिना जर्मनी, पोल्यान्ड र फिलिपिन्सको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही समयमा उनी बेलायत पनि आउनसक्ने गरी भ्रमणको कार्यक्रम बन्नसक्ने भनी समाचार आइरहेका छन् । केही दिनमात्र अघि भएको लन्डन ब्रिजको आतङ्ककारी हमलामा राष्ट्रपति ट्रम्पले लन्डनका मेयरको तिखो आलोचना गरेका थिए । उनले सो हमलामा लन्डनका मेयर सादिक खानको जिम्मेवारीको कमीको विषयमा कुरा उठाएका थिए । उनको सो प्रतिक्रियाको बेलायत र अमेरिकामा पनि व्यापक मात्रामा आलोचना भएको थियो । सोही कारण पनि राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्दा लन्डनमा उहाँको स्वागत भव्यरुपमा होला भन्ने विषयमा आशङ्का रहेको कतिपय विश्लेषकहरुले जनाएका छन् । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending