Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बस र ट्रक जुध्दा २२ को मृत्यु

\"\"नयाँदिल्ली, २२ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी कम्तीमा २२ को मृत्यु हुनुको साथै अन्य १९ जना नराम्ररी घाइते भएका छन् । स्थानीय समय अनुसार सोमबार मध्यरातपछि बिहान १ बजे तिर उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं २४ मा उत्तर प्रदेश सरकारको स्वामित्वमा सञ्चालित यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको एक ट्याङ्कर ट्रक एक आपसमा ठोक्किन पुगी दुर्घटना भएको बरेली प्रहरी प्रमुखले सञ्चार माध्यमलाई जानकारी दिएका छन् । दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र आगोको लप्कामा परी जलेर १९ जना घाइते नराम्ररी भएका थिए । उत्तर प्रदेशकै गोन्डा जिल्लामा अवस्थित बस स्टेसनतर्फ जाँदै गरेको उक्त बसमा दुईजना चालक, एक जना सहचालक तथा ३८ जना यात्रु यात्रा गर्दै थिए । उक्त दुर्घटना मध्यरातको समय र बसका प्रायः यात्रु निदाइरहेको समयमा परेको कारण केहीले मात्र भागेर ज्यान बचाउन सकेका र २२ जनाको भने दुर्घटनास्थलमा नै मृत्यु भएको छ । घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएकामध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनास्थलबाट सोमबार बिहान स्थानीय समयानुसार ५ः४५ मा २२ यात्रुको शव निकाल्न सकिएको र ती शवमध्ये स्त्री या पुरुष लिङ्ग छुट्याउन समेत कठिनाई भएको बरेली जिल्ला अस्पतालका चिकित्सकले बताएका छन् । यस दुर्घटनाबारे छानबीन गरी सत्यतथ्य पत्ता लगाउन राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ । भारतमा सडक दुर्घटनामा हुने हताहतिको सङ्ख्या औसत विश्वको तुलनामा नै बढिरहेको छ । सरकारी तथ्याङ्कअनुसार यहाँ हरेक दिन सडक दुर्घटनामा चार सय भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । जथाभावी रुप र अनियन्त्रित गतिमा सवारीसाधन चलाउनु, सडक एवम् सवारी साधनको मर्मत सम्भारमा कमी कमजोरी वा लापरबाही रहेका कारण यस प्रकारको सडक दुर्घटना हुने गरेको सरकारी अधिकारीको दाबी रहेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending