Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

माओवादी आन्दोलन : सखाप हुने कि फिनिक्स बन्ने ?

जम्माजम्मी दस वर्ष पनि भएको छैन, माओवादी भीमकाय गर्जनसहित शान्ति प्रक्रियामा आएको । ऊ एउटा सनातन राजनीतिको सुतीखेतीलाई बढाउँदै राजनीतिमा स्थापित भएको पनि थिएन । परम्परागत राजनीतिको पुख्र्यौली विरासतलाई धान्दै यसका नेताहरु राजनीतिमा स्थापित भएका पनि थिएनन् । भुइँका मानिसहरुले मुक्ति र परिवर्तनको एउटा अजम्बरी सपना पालेका थिए मनभरि । र, त्यही प्राप्त गर्न फाल हानेका थिए– मुक्ति या मृत्युको सपथ खाएर समरमा । परिवर्तनको अजम्बरी बाटो खन्दाखन्दा बगाएका थिए– हजारौं मानिसहरुले शरीरको तातो रगत । र, दसवर्षे बलिदान–यात्राका क्रममा निर्माण भएको थियो, बलिदानहरुको योगमा एउटा अत्यासलाग्दो रक्त–तलाउ । त्यही रातो रगतको खोलो तरेर आएको थियो माओवादी आन्दोलन शान्ति प्रक्रियामा । माओवादीका नेताहरु उसैगरी स्थापित भएका थिए राजनीतिमा, जसरी स्थापित भएका थिए बीपी कोइरालाहरु । कष्टसाध्य, वलिदानी संघर्ष गरेर स्थापित भएका थिए उनीहरु नेपाली राजनीतिमा । मदन भण्डारीहरुले जसरी नापेका थिए कठिन राजनीतिक लम्बाई । दस वर्षै त भयो, कांग्रेस–एमालेका नेताहरु जनताले नपत्याएपछि काठमाडौंका सडकहरुमा केही सय मानिसहरुको जुलुस लिएर वर्षैभरि राजाविरुद्ध आन्दोलनको औपचारिकता निभाइरहेका थिए । जब माओवादीले अरु छ दलसँग राजाविरुद्धको संघर्षमा साथ दिने घोषणा गर्यो, माओवादीको त्यही घोषणा राजा बढार्नेगरी आन्दोलन उठाउन जनतालाई उत्साहित बनाउने कोषेढुंगा बन्न सफल भयो । यताका दस वर्षमा बाग्मतीले जति बगायो– सकीनसकी यो देशको राजधानीको कुहिगन्धे फोहोर । शायद त्योभन्दा धेरै फोहोर माओवादी आन्दोलनमा भित्रियो, यसका नेताहरू त्योभन्दा ज्यादा फोहोरी भए । आज त कस्तो स्थिति देखियो भने हिजो कांग्रेस–एमाले केही सय मानिस लिएर सडकमा लुखुरलुखुर हिँडिरहे झैं आज माओवादी नेताहरु उस्तै रुन्चे लय र हुलियामा सहरका सडकहरुमा भौंतारिइरहेका देखिन्छन्– विभिन्न उपसर्ग र हलन्त लागेका ‘माओवादी ब्यानर’ बोकेर । शान्ति प्रक्रियामा आउँदा माओवादी आन्दोलनको एउटा निश्चित उद्देश्य, सपना तथा यसका नेता–कार्यकर्ताहरुमा निश्चित प्रतिबद्धता र आदर्श थियो । कांग्रेस–एमाले ०४६ को आन्दोलनपछि सत्ता, पद, पैसाको मोहनीमा लागेर जनताबाट कट्न जति वर्ष लागेको थियो, कठै ! माओवादी नेताहरु त त्योभन्दा पनि तीब्र गतिमा रसातलको यात्रामा हाम्फाले । देशमा जनता चुसेर अघाएका कांग्रेस–एमालेरुपी जुकाहरु छँदै थिए, तिनै जुकाहरुविरुद्ध संघर्ष गरेर स्थापित भएको माओवादी पुराना जुकाभन्दा पनि ढाडे जुका बनेर जनता चुस्न जाइलाग्यो । कत्रो दुःखले पहाड चढेको आन्दोलन कति तीब्र गतिमा पतन र स्खलनको रछ्यान–यात्रामा ओरालो लाग्यो ! स्खलित हुनुको पनि एउटा गति हुनुपर्ने । तर, यहाँ त कार्यकर्ताले आफ्नो ढाड र छातीमा गोलीले दाबेको घाउ सुम्सुम्याउन नपाउँदै विघटनको गोली लागेर उनीहरु आफैंले लडी उभ्याएको आन्दोलन विघटन भैदियो । र, सबैभन्दा दुःखको कुरा, हिजो हजारौं–लाखौं मानिसहरुले लडी उभ्याएको आन्दोलनको अवशान गर्न सबैभन्दा अघिल्लो पंक्तिमा तिनै मानिसहरु उभिएका थिए– जसलाई निर्धा मानिसहरुले गर्धन, ढाड र छाती थापेर लडी उभ्याएका थिए, नेताका रुपमा । बितेका यिनै दस वर्षमा कस्ता दृश्यहरु देखिए भने माओवादी आन्दोलनको ब्यानर टाँगेर थापिएका सटरहरुभित्र– भुइँका झुत्रेझाम्रे मानिसहरुको मत लिएर, रगत, आँशु र सपनाको आजादी तागत बोकेर सत्तामा गएका मानिसहरुले सुकुम्बासीहरुका वस्तीमा बर्खे झरीमा निर्दयतापूर्वक डोजर दौडाए; रत्नपार्कको भित्तोमा मामुली केटाहरुको खुकुरी खाएर निधारमा खत बोकेकाहरुले हिजो अपराजेय संघर्षमा खरो उत्रिएका लालसिपाहीहरुलाई श्वेत–फित्तामा नापिएर पुरानो ‘शाही फौज’मा भर्ती हुन जाने उर्दी जारी गरे । त्यो अपमानविरुद्ध मुख खोलेका मानिसहरुलाई दमन गर्न मध्यरातमै सैन्य घेराबन्दी गराइयो । लालफित्ताशाही प्रवृत्ति प्रकट गर्दै आफ्ना वफादारहरुमार्फत् इमान र आस्थाको कुरा गर्नेहरुमाथि जनसेनाको क्यान्टोनमेन्टभित्रै अपमान, दमन र बर्बरता प्रकट गरियो । राज्यले दिएको चेक खोसियो, सहिदका परिवारजनको सपना भत्काइयो । र, भत्काइयो– लाखौं मानिसहरुको भरोसा अनि ती सबको लिलामीमा जोडिए– थुप्रै लाल–दरबारहरु । समाजका तमाम विकृतिहरु संस्कृतिका रुपमा भित्रिए माओवादी पार्टीहरुभित्र । र, ती सबै जायज हुन थाले, अनेकन गुटहरुको गन्धे खेलोमा । र, ती तमाम जे–जति हुनुनहुने फोहोरी खेलहरु भए, तीे सबैको योगमा यो हालतमा आजको माओवादी हाम्रा सामु खडा छ । ऊ एउटा मामुली उपचुनावमा जमानत जखम हुने हरिबिजोग हालतमा छ । आज माओवादी विघटनको रातो घेराभित्र पसिसकेको छ । यसका बाबजुद थुप्रै समूहमा विभाजित माओवादी पार्टीका नेताहरुलाई यी सबले छोएको देखिन्न । माओवादी आन्दोलनमा केही भएकै छैन भन्ने शैलीमा उनीहरु रत्यौली भट्याएर बसेजस्ता देखिन्छन् । हिजो फिल्डमा जमेर लडेका कार्यकर्ताहरु भने दिनरात हैरान छन् र दुःखी छन्– अस्थिपन्जर समेत बाँकी नरहनेगरी माओवादी आन्दोलनको घाम डुब्न लागेको देखेर । के हुन्छ अब ? धेरै मानिसहरु सोध्छन्– अब के गर्छन् माओवादीहरु  ? एमाओवादी के गर्छ ? वैद्य माओवादी के गर्छ ? विप्लव माओवादीले कसो गर्ला ?
पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे ।
एमाओवादी त चलेकै संसदीय खेलोमा रोइकराई बरालिने देखिन्छ । कस्तो टिठलाग्दो नियति देखिन्छ भने साराका सारा उपलब्धिलाई निखारेर संसदीय यात्रामा पलायन हुँदा पनि एमाओवादीले बुर्जुवा संसदीय बेन्चमा समेत सजिलोगरी बस्ने ठाउँ पाउन सकेको छैन । त्यसको तोडमा मधेशका जमिनदार, सामन्त र हिजोका संसदीय खेलाडीहरुले मधेशमा थापेको धरापको भरोसा गरेर आन्दोलनमा निस्किए पनि सडकमा निख्लो यात्रा गरिरहेका छ । मानिसहरुले ऊप्रति भरोसा देखाउन सकेका छैनन् । अब एमाओवादीले केही समय संसदमा होहल्ला गर्ने र हुर्मत जोगाउन केही बुँदे अमूर्त सम्झौता गरेर सनातन संसदीय खेलोमा फर्कने अनि कांग्रेस–एमालेकै योजनामा तयार संविधानमा ल्याप्चे ठोकेर बस्ने ठोकुवा गर्नु हतारो हुने छैन । वैद्य माओवादीले विभिन्न सर्त र बौद्धिक विलासका तर्कहरु गरेर एमाओवादीसँग एकताको दही मथेर केही समय गुजार्ने छ । त्यसबाट नौनी ननिस्केपछि बितुरिएको मोही पिउन ऊ पेरिसडाँडा फर्कन्छ । पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे । रामबहादुर थापा ‘बादल’, हितमान शाक्य, पम्फा भुसालहरु अहिले यो पंक्तिमा उभिएका छन् ।
विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ?
अब बाँकी सवाल छ, विप्लवले के गर्लान् ? अलिकति आशा त उनीप्रति अझै बाँकी राखेकै छन्, हिजो लडेखटेका कार्यकर्ताहरुले; चाहे ती ‘ए’ माओवादीमा होऊन् या ‘बी’ माओवादीमा । तर, विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ? होइन भने उनको क्रान्ति सम्पन्न हुँदा बन्ने समाजवादी समाजको सपना के हो ? हिजोको जनयुद्धको उठान र बैठानप्रतिको समीक्षा के हो ? हिजो किन जितिएन र अब कसरी जितिन्छ ? विप्लव र उनको पार्टीले यी र यस्ता गम्भीर प्रश्नको मूर्त जवाफ दिन सकेको देखिँदैन । माओवादी नेताहरुले आजको दिनमा निकै गम्भीर भएर, आफैंलाई निखारेर पुनर्नवीकरण गर्ने फिनिक्सको उतारयात्राको अनुकरण गर्नु जरुरी छ नकि एउटा चतुर वैद्यको । नक्कली व्यापारको समय निख्रिएपछि ऊभन्दा थप चतुर उत्तराधिकारी नयाँ साइनबोर्ड थापेर पुरानै नक्कली व्यापारमा लागेको शैलीमा बोर्ड मात्रै फेरेर नयाँ ‘माओवादी पसल’ खोल्दैमा माओवादी आन्दोलनको रक्षा अब सम्भव छैन । प्रज्ञा भवनमा माओवादी आन्दोलन पुनर्गठनको गीत गाउन गएका हिजो ‘जीवन सुधारेका’ मानिसहरु हुन् । तिनका हिजोका कर्मप्रति बोध नगर्ने र खाली पुनर्गठनको कुरा मात्रै गर्ने तरिकाको निष्कर्ष निकाल्न सकिन्छ– उनीहरु मानिसहरुलाई फेरि पनि भ्रममा राख्न चाहन्छन् या त उनीहरु आ–आफ्नो पार्टीमा रहेका कार्यकर्तालाई विप्लवहरुले समात्न सक्ने बाटोतर्फ जान नदिई भुलभुलैयामा राख्न चाहन्छन् । प्रज्ञा भनवको प्रहसनमा देखिएको धमेन्द्र बास्तोलाहरुको ल्याङल्याङ चाहिँ फिटिक्कै बुझ्न सकिएको छैन ।
यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ?
यति लेखिसकेपछि एक लाइन थपिहालुँ– यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ? त्यो भने समयकै गर्भमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy