Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एकतर्फि प्रेमको जालः जबर्जस्ती अपहरण गरेर बिहे गर्दा प्रहरी खाेरमा

\"\"काठमाडौं, १५ जेठ । झट्ट सुन्दा अपत्यािरलो लाग्न सक्छ । बेहुलालाई अपहरण गरेर उसैसँग जबर्जस्ती बिहे गरेको सुन्दा । तर घटना सत्य हो । एकतर्फी प्रेमले कतिसम्मको हुँदाे रहेछ भन्ने यो घटनाले पुष्टि गरेको छ । त्यहाँ केटी पक्षले केटालाई अपहरण गरेर जबर्जस्ती बिहे गराइदिएको घटना सार्बजनिक भएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ । मुजफ्फरपुरको मैठी गाउँको कुनकुन सिंहको छोरा अभिनवको बिहे गायघाट गाउँको पछियारी टोलका नन्दकिशोर सिंहकी छोरी जुली सिंहसँग हुँदै थियो । यसबीच केटा अपहरण परेको सूचना सार्बजनिक भएपछि प्रहरीले बेहुलीको घरमा छापा मार्‍यो । सो क्रममा बेहुली पक्ष र प्रहरीबीच झडप भयो । \"\" प्रहरीले बेहुली जुली, उनकी बहिनीसमेत गरी बेहुली पक्षका चार जनालाई पक्राउ गरेको छ । जुली हाल प्रहरीको न्यायिक हिरासतमा छिन् र मुजफ्फरपुर जिल्लाको सदर अस्पतालमा उनको उपचार भइरहेको छ । कुराकानी गर्दै जुलीले बिहेको बेला बेहुला पक्षका कोही पनि त्यहाँ उपस्थित नभएको स्वीकार गरेकी छन् । यद्यपी उनले बेहुलालाई अपहरण गरेर बिहे गराएको भन्ने आरोपको भने खण्डन गरेकी छन् । उनले भनिन्, ‘बेहुला आफै आफ्नै मर्जीले बिहे गर्न आएका थिए । उनले बिहेपछि आफ्ना घरका सदस्यहरुलाई यो कुराको जानकारी दिनेवाला थिए ।’ \"\" जुलीले यो आरोप पनि लगाएकी छन् कि, ‘२५ तारिखको राति प्रहरीले हाम्रो कुनै कुरा सुनेन र निर्ममतापूर्वक हामीलाई कुटपिट पनि गर्‍यो ।’ जुलीका अनुसार उनको बिहे भएको आधा घण्टापछि प्रहरी टोली आइपुगेको थियो तर, कारबाहीको क्रममा महिला प्रहरी थिएनन् । गत बिहीबारको यो घटना स्थानीय सन्चारमाध्यमहरुमा निकै चर्चामा छ । घटनाबारे मुजफ्फरपुर जिल्लाका वरिष्ठ एसपी विवेक कुमार भन्छन्, ‘प्रहरी अनुसन्धानको क्रममा केटाको अपहरण गरेर जबर्जस्ती बिहे गराएको भन्ने कुरा सही पाइएको छ ।’ उनले भनेका छन् प्रहरी कारबाहीको क्रममा नियन्त्रित तरिकाले बल प्रयोग नगरेकाले गायघाटका थानाका प्रहरी प्रमुखलाई निलम्बित गरिएको छ । यसबारे बेहुला पक्षका परिवारका सदस्यहरुको प्रतिक्रिया आएको छैन । \"\" बिहारमा हरेक वर्ष बिहेको लागि केटाको अपहरण भएका सयौं घटनाहरु सार्बजनिक हुने गर्दछन् । बिहार प्रहरीको तथ्यांक अनुसार सन् २०१६ मा यस्ता तीन हजारभन्दा बढी उजुरी परेका छन् । सन् २०१७ को मार्च महिनामामात्रै यस्ता घटनाका ८३० उजुरी दर्ता भएका छन् । बीबीसी हिन्दी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending