Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

विरलै घटना, जो प्रधानमन्त्री भएरपनि संसदबाट सम्बोधन गर्न बञ्चित भए

\"\"काठमाडौं, १० जेठ । सत्ता प्रमुखलाई सदनमा सम्बोधन गर्न नदिने अडान एमालेले कायमै राखेपछि प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमार्फत राजीनामा दिने भएका छन् । संसद सचिवालयले प्रधानमन्त्रीको विशेष सम्बोधनलगायतका विषयमा शीर्ष नेताहरुबीच सहमतिको प्रयास गरेपनि एमाले अध्यक्ष ओलीका कारण त्यो सफल नभएपछि अवस्था झनै बिग्रेको हो । बुधबार बिहान ११ बजे संसद बैठक बस्ने भनिएपनि एमाले अध्यक्ष ओली उपस्थित नभएपछि अगाडि बढ्न सकेन्र । एमाले अध्यक्षसहित सबै दलका शीर्ष नेताहरुबीच समसामयिक परिस्थितिमा सहमति जुटाउन सभामुखले बैठक आव्हान गरेपनि ओली उपस्थित भएनन् । मंगलबार समेत एमाले अध्यक्ष ओली तीन घण्टा ढिलो शीर्ष नेताहरुको बैठकमा उपस्थित भएपनि प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिने विषयमा भने लचिलो भएनन् । सत्ता गढबन्धनको आपसी सहमति अनुसार, प्रधानमन्त्री प्रचण्डले सत्ता हस्तान्तरण गर्ने बताएपनि एमालेले भने त्यसको बिरोध गरेको छ । विश्वमा संसदीय प्रणाली भएका देशहरुमा सत्ता प्रमुखले सदनलाई सम्बोधन गर्न नदिएको घटना बिरलै पाइन्छ । नेकपा एमालेले भने संसदीय पद्धतीकै उपहास गरेर प्रधानमन्त्रीलाई सदनको सामना गर्न नदिएकोमा एमालेभित्रै चर्को आलोचना समेत भएको छ । सदन चल्न नदिने एमालेको अडान कायमै भएपछि नेपाली कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले बुधबार आजै ४ बजे सिंहदरबारबाट देशकाे नाममा विशेष सम्बाेधन गरेर राजिनामा दिनेछन् । यो अवस्थामा नीति तथा कार्यक्रम, बजेट र चुनाव भने कामचलाऊ सरकारले नै सम्पन्न गराउने सम्भावना देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE