Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

नयाँ वर्ष र लिलिपुट वामदेव...

सत्तामा पुगेपछि मानिसको चरित्र बदलिएका उदाहरण धेरै छन् । हुन त कमरेड प्रचण्ड स्वयं एक उदाहरण हुन् । तर म अहिले प्रचण्डमा नभई वामदेवमा केन्द्रित हुन चाहन्छु । हो, हाम्रै वामदेवमा। कुनै समय थियो, जब नेपालमा दुर्इ राजा थिए। एक राजा जनताबाट धेरै टाढा, नारायणहिटी महलमा बस्थे । अर्का राजा दिनभरि सडकमा र रात परेपछि जनताको हृदयमा बस्थे । उनी सडक आन्दोलनका राजा थिए।  टाढाको राजा श्री ५... खै के–के जाति भनिन्थ्यो तर नजिकको राजालाई वामदेव भनिन्थ्यो। हो, हाम्रै वामदेव। सडक त उनको घरजस्तै थियो। उनी जब सडकमा कुर्लिन्थे, सिंहदरबारमा भूकम्प जान्थ्यो; नारायणहिटी दरबारभित्रको सिंहासन कम्पित हुन्थ्यो। भ्रष्टहरुको दिव्य मुस्कानमा कालको मलीन छायाँ घुम्न थाल्थ्यो । आखिर कहाँ हराए ती वामदेव ? जब उनी मशाल बोकेर आन्दोलनकारीको लावालस्करसहित काठमाडौं कब्जा गर्थे, शासकहरुले आर्यघाट सम्झिन थाल्थे। म ढिलो जन्मिएर होला, मलाई त लाग्छ– नेपालमा राष्ट्रियताको बहस नै वामदेवले जन्माएका हुन् । जब–जब सडकमा उनी क्रान्तिको रातो झन्डा बोकेर ‘भरतीय विस्तारवाद– मूर्दावाद’ भन्दै गाउँ–सहर ब्युँझाउँथे, दिल्लीलाई सानोतिनो हृदयाघात हुन्थो। जब–जब संसदसँग टनकपुर फिर्ता माग्थे, संसदमा महिनौसम्म कर्फ्यु लाग्थ्यो, देश नै ठप्प हुन्थ्यो । उनी ‘सडकदेवता’ थिए, सदनमा ‘जनताका मसिहा’ थिए। आखिर कहाँ हराए ती वामदेव ? हराएका होइनरहेछन वामदेव । आज आएर प्रस्ट भयो कि उनको त्यो ‘देवावतार’ त पाखन्ड पो रहेछ ! सडक त केवल भर्र्याङ रहेछ, सरकारमा पुग्ने । यो त्यही सडक हो, जहाँ उफ्रिएर आज उनी मन्त्री भए। उनी त आज सिंहदरबारका ‘नयाँ राजा’ भैसके । तर, उनले सडकमा फलाकेका सपनाहरु अझै खुलामञ्च वरिपरी भट्किइरहेका छन् । आजभोली ती सपनाहरु वामदेवलाई ‘घामट’ भएका छन् । त्यसैले होला, जब सडकमा उनी राँको बलेको देख्छन्, उनलाई आफ्नो अतीतको याद आउँछ । जब सडकमा आन्दोलन हुन थाल्छ, उनलाई आफैंसँग लाझ लागेर आउँछ; आफूलाई निर्वस्त्र देख्न थाल्छन् । उनी आँखा चिम्लन्छन् तर आन्दोलनकारीले कुरीकुरी गरिरहेको जस्तो लाग्छ उनलाई । रिसको आगोमा उनी अन्धोजस्तै भएर छट्पटिन्छन्; के गरुँ–कसो गरुँ हुन्छ । मुख छोप्छन तर उनको लाज छोपिन्न । आन्दोलनको गुञ्जाहटमा उनी निदाउँन पनि सक्दैनन् । अनि कानमा कपास हालेर आफ्ना कारिन्दाहरुलाई आदेश दिन्छन– ‘जाउm १ मेरो निद्रा बिगार्ने ती लिलिपुटहरुको आन्दोलनमाथि दमन गर ।’ ...‘जाउm, ती डुमहरुको आवाजलाई निमोठ ।’ अनी उनका कारिन्दाहरु सडकमा स्वाँ–स्वाँ(फ्वाँ–फ्वाँ गर्दै आन्दोलनको पहाडमा बजारिन्छन् । तर, आज जसलाई वामदेव र उनको राज्यले ‘डुम’ देखिरहेको छ, ती सम्पूर्ण ‘डुम’ हरुले उनकै सिंहदरबारमा छिरेर ‘छोइदिने छन्’, यसपालि उनलाई। त्यसपपछि कुनै ‘सुन–पानी’ ले चोखिने छैनन् उनी । यी साना कद भएका मानिस, जसलाई लिलिपुटबाट आएको भन्ठानेर फेरि कुना–कन्दरामा पुर्याउन खोज्दैछन् उनी । याद राख, यिनै लिलिपुटीयनहरुले उनलाई तड्पाइदिने छन् । जसको जगमा बसेको छ उनको दरबार, त्यो जग अब भत्किसकेको छ । बस्, अब केही बेर पर्ख । अब आउने एउटा सानो भूकम्प पनि थेग्नेछैन उनको दरबारले । जब उनी सत्ताको मातबाट बाहिर निस्कनेछन्, काठमाडौं विजय भैसकेको हुने छ। तिमी पो बदलिएका हौ, राज्यको चरित्र बदलिएको होइन । त्यसैले आन्दोलनको चरित्र पनि बदलिने छैन । गरे हुन्छ, अझै दमन । अझै समाते हुन्छ, आन्दोलनकारीहरु । जेलहरु सकिएलान् तर आन्दोलनकारी सकिने छैनन् यसपालि । बरु न्वारनदेखिको बल लगाए हुन्छ, यो आन्दोलन रोक्न । आन्दोलन न वामदेवले चाहेर रोकिन्छ न प्रचण्डले रोकेर । यो आन्दोलन अब हेपिएका, थिचिएका, पेलिएकाहरुले आफैं लड्नेछन् । आयातीत आन्दोलन होइन यो त मौलिक आन्दोलन हो । जसले आजसम्म नेपाली भएर पनि नेपाली हुनुको गर्व गर्न पाएनन् तिनैको आन्दोलन हो यो । धैर्य गर वामदेव नयाँ वर्षसम्म ! नयाँ वर्ष २०७२ को सबैलाई शुभकामना !!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending