Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

ओबामाले फ्लिनलाई नियुक्त नगर्न किन सावधान गराए ट्रम्पलाई ?

\"\"अमेरिका, २६ वैशाख । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ । नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएका छन् । मंगलबार सिनेट समितिमा रुसी राजदूतसँग गरेको संम्वादले उनीमाथि ुब्ल्याकमेलु गरिएको टिप्पणी गरिएको थियो । गम्भीर प्रकृतिको सम्पर्कबारे ढाँटेको अभियोगमा उनलाई गएको फेब्रुअरीमा पदबाट हटाइएको थियो । अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग कुराकानी गरेका थिए । ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले सोमबार भने, यो सत्य हो की ओबामाले आफु जेनरल फ्लिनको खासै प्रशंसक नभएको जानकारी गराएका थिए । तर स्पाइसरले फ्लिनले इस्लामिक स्टेट र अमेरिकालाई जोखिम रहेका अन्य मुद्दाहरुमा राष्ट्रपति ओबामा कठोर रुपमा प्रस्तुत नभएको भन्दै उनको कडा आलोचना गर्ने गरेकाले त्यसलाई आश्चर्यजनक प्रतिक्रियाका रुपमा नलिइएको उल्लेख गरे । सन् २०१४ मा ओबामाले व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए । रुसी राजदूतसँगको सम्पर्कबारेका विवरण सार्वजनिक हुनुअघि नै ओबामाले ट्रम्पलाई चेतावनी दिएको र उनले त्यस्तो उच्च तहको पदका लागि उनी उपयुक्त नभएको ठान्ने गरेको एक जना ह्वाइट हाउसका पूर्व अधिकारीले एनबीसी न्यूजसँग भनेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा फ्लिनलाई नियुक्त नगर्न शुरुमै सावधान गराइएको अमेरिकी सिनेटरहरुलाई जानकारी दिइएको छ । ओबामा अन्तर्गतको न्याय मन्त्रालयकी कार्यवाहक प्रमुख सेली येटसले कंग्रेसको एउटा समितिमा फ्लिनले रुसी राजदूतसँगको उनको सम्पर्कबारे झुटो बोलेको बताइन् । त्यसकारण फ्लिनले आफूलाई रुसीहरुको प्रभावमा रहन खुल्ला छाडेको उनले बताइन् । पूर्व सैनिक जर्नेल रहेका फ्लिनले ह्वाइट हाउसलाई ढाँटेको कुरा सतहमा आएपछि राजीनामा दिनु परेको थियो । सेल्ली येट्सले आफूलाई पदबाट बर्खास्त गरिनुअघि ठ्याक्कै दश दिन राष्ट्रपति ट्रम्पको मातहतमा काम गरेकी थिइन् । त्यस क्रममा उनले केही अप्रिय लाग्ने खबरहरु राष्ट्रपति समक्ष पुर्याएकी थिइन् । सुनुवाइमा उनले गएको जनवरी २६ मा आफुले ह्वाइट हाउसका सल्लाहकारलाई भेट गरि फ्लिनले डिसेम्बरको अन्त्यमा गरेको रुसी राजदूतसँगको भेटका बारेमा उपरराष्ट्रपति र अरुलाई ढाँटेको जानकारी दिएको खुलाईन् । उनका अनुसार रुसी अधिकारीहरुलाई त्यसपछि फ्लिनलाई ब्ल्याकमेलु गर्न सजिलो भएको थियो । उक्त विवरण पछि चुहिएर सञ्चारमाध्यममा आएका थिए तर येट्सले आफु त्यसको श्रोत नभएको स्पष्ट पारेकी छन् । उक्त चेतावनी दिइएको १८ दिनपछि मात्रै माइकल फ्लिनलाई राजीनामा दिन लगाइएको थियो र त्यसबिचमा उनले रुस, जापान र अन्य देशका अधिकारीसँग गोप्य सम्पर्कहरु समेत कायम राखेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies