Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

२४ बर्ष जेठी शिक्षिकासँग बिहे गरेका फ्रान्सका नयाँ राष्ट्रपति माक्रोंको गज्जबका प्रेम कहानी

\"\"फ्रान्स, २५ वैशाख । इम्यानुएल माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । नयाँ राजनीतिक दल खोलेको एक वर्षमै फ्रान्सको राष्ट्रपति पदमा विजयी बनेर एमानुएल माक्रोंले नयाँ इतिहास रचेका छन् । ३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो । दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन् । युरोपेली संघका समर्थक मध्यपन्थी राजनीतिज्ञ माक्रोंले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खुलेको बताए । प्यारिसस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, यो तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनताले नचिनेको एक व्यक्तिको असाधारण सफलताको कथा हो । उत्तरी शहर एमिएँमा जन्मिएका माक्रोंले प्यारिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा पढेका थिए। पछि उनले प्यारिसकै नामी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे ।माक्रोंका बाबु तथा आमा दुबैजना चिकित्सक हुन् । केही समय एउटा इन्भेष्टमेन्ट ब्याङ्कमा काम गरेका माक्रोंले पछि फ्रान्सका निवर्तमान राष्ट्रपति फ्राँस्वाँ ओलान्दको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । पछि ओलान्दले उनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गरे । सरकारमै भएका बेला ठीक एक वर्ष अघि उनले एन माश भन्ने नयाँ दल खोल्ने घोषणा गरे । त्यसको चार महिना पछि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिए र राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । एउटा अभूतपूर्व चुनावी अभियानपछि देशका दुईवटा ठूला परम्परागत राजनीतिक दलहरु सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई पहिलो चरणमै पराजीत गरेपछि उनी अहिले राष्ट्रपति पदमा चुनिएका हुन् । माक्रोंले आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । आफ्नो अनौठो प्रेम कथाका कारण पनि माक्रों फ्रान्समा चर्चित छन् । उनले आफु भन्दा २४ वर्ष जेठी आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन् । नाटक विषय पढाउने आफ्नी गुरुआमालाई १७ वर्षको उमेरमै उनले प्रेम प्रस्ताव राखेको र त्यसको १२ वर्षपछि मात्रै उनीहरुको बिहे भएको थियो । तीन सन्तानकी आमा ब्रिजीटले आफ्नै छात्रसंग बिहे गर्न आफ्ना पतिसंग पारपाचुके गरेकी थिइन् । माक्रोंको राजनीतिमा उनकी श्रीमतीको केही प्रभाव रहेको ठानिन्छ । आफ्नो चुनावी घोषणापत्रमा उनले शिक्षालाई उच्च प्राथमिकता दिने उल्लेख गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies