Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

बोको हरामको कब्जामा रहेका ८२ किशोरी ३ बर्षपछि मुक्त

नाइजेरिया, २४ वैशाख । नाइजेरियाको राष्ट्रपति कार्यलयले सन् २०१४ मा इस्लामवादी उग्रवादी समूह बोको हरामले सन् २०१४ मा बन्धक बनाएका ८२ स्कूले छात्रा मुक्त भएको पुष्टि गरेको छ । अधिकारीहरुले लामो समयको वार्तापछि सरकारी नियन्त्रणमा रहेका संदिग्ध बोको हरामका केही सदस्यहरुको रिहा गरी उनीहरुलाई बन्धकमुक्त बनाइएको जनाएका छन् । उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ती छात्राहरु पनि थिए । रातको समय पारेर गरिएको उक्त आक्रमणको अन्तर्राष्ट्रिय तहबाट निन्दा गरिएको थियो । क्यामरुनसँगको सीमा क्षेत्रमा रहेको दुर्गम क्षेत्रबाट सडक मार्ग हुँदै ती छात्राहरुलाई फिर्ता ल्याइएको बताइएको छ । लागोसबाट बीबीसीकी स्टेफानी हेगार्टी भन्छिन्, पछिल्लो खबरले धेरै चिबोक परिवारमा खुसीयाली ल्याउने देखिन्छ तर अझै पनि एक सय भन्दा बढी चिबोक छात्राहरुलाई बोको हरामले बन्धक बनाइरहेको छ । ती किशोरीहरुलाई फिर्ता गराउन चलाइएका अभियानहरुलाई पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र कयौँ हलिउड हस्तीहरुले साथ दिएका थिए । अघिल्लो महिना नाइजेरियाका राष्ट्रपति मुहामदु बुहारीले सरकार निरन्तर सम्वादमा रहेको र अझै बन्धक राखिएका किशोरीहरुलाई सुरक्षित रुपमा रिहा गराउन स्थानीय गुप्तचर संयन्त्रको पनि प्रयोग गरिएको बताएका थिए । एक जना सैन्य स्रोतले बन्धकमुक्त भएका किशोरीहरुलाई आइतबार बोर्नो राज्यको राजधानी माइडुगुरीमा ल्याइने बताए । बन्धक बनाइएका अधिकांश चिबोक छात्राहरु इसाई धर्मावलम्बी थिए तर उनीहरुलाई इस्लाम धर्म अँगाल्न र आफूलाई बन्धक बनाउने बोको हरामका सदस्यहरुसँग बिहे गर्न दबाब दिइएको थियो । बोको हारम र नाइजेरियाली सरकारबीचको द्वन्द्वमा हालसम्म ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र लाखौँ मानिसहरु आफ्नो थातथलोबाट विस्थापित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies