Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

\"\"काठमाडौं, २२ वैशाख । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रौतहट उद्योग वाणिज्य संघका कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवलगायत रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । शुक्रवार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमबीच निजी निवास लाजिम्पाटमा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिमाल, पहाड र तराई–मधेसलाई एकतावद्ध गर्ने, संविधानको दायरा फराकिलो पारेर राष्ट्रिय एकता कायम गर्ने निरन्तर कोशिस गरिरहेको छु । यसमा सरकार सफल भएको छ, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको पनि सहमतिमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । संविधान संशोधन प्रस्ताव पारित हुन्छ र नयाँ राष्ट्रिय एकता हासिल हुन्छ । संविधान संशोधनपछि हाम्रो संविधान सबैका लागि स्वीकार्य संविधान हुनेछ ।’ \"\" इतिहासमै पहिलोपटक स्थानीय तहको निर्वाचन उत्साहवद्र्धक रुपमा सम्पन्न हुन लागेको प्रचण्डले बताए । उनले भने, ‘निर्वाचन हुँदैन कि भन्ने आशंका र भ्रमहरु थिए । उम्मेदवारी दर्ता प्रक्रिया उत्साहवद्र्धक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । हामीले परिकल्पना गरेको सिंहदरबार गाउँ नगरमा आएको छ । हामीले दशौं हजारको बलिदानी गरेर जनताको घर दैलोमा अधिकार स्थापित गरेका छौं । देशलाई यो अवस्थामा ल्याउन पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।’ \"\" दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेशलाई मधेसमा माओवादी पार्टी थप शक्तिशाली भएको बताए । कार्यक्रममा पूर्व मन्त्रीहरु गीरिराजमणि पोखरेल, प्रभू शाहलगायतका नेताहरु उपस्थित थिए । पार्टी प्रवेश गर्ने नेताहरुलाई प्रचण्डले माला लगाएर स्वागत गरेका थिए । लिन होइन, दिन माओवादीमा आएका हौं, ‘जैसवाल यादव’ माओवादी केन्द्रमा प्रवेश गर्दै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्तमुनी जैसवाल र पूर्व गाबिस अध्यक्ष राम प्रवेश यादवले आफूहरु केही लिन नभई देशको हितका लागि माओवादी केन्द्रमा प्रवेश गरेको बताए । माओवादी केन्द्र प्रवेश गर्दै अध्यक्ष जैसवालले भने, ‘म दोस्रोपटक रौतहट उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा छु । मेरो विचारमा हिमाल, पहाड र मधेश मिलाउने र देश बचाउने पार्टी माओवादी केन्द्र मात्रै हो । म कुनै स्वार्थ बोकेर माओवादीमा आएको छैन । पार्टीको विधानभित्र रहेर माओवादीको हाइट बढाउन क्रियाशील हुनेछु ।’ कार्यक्रममा पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवले भने, ‘गीरिजाप्रसादको निधनपछि देशको एक मात्रै सक्षम नेता प्रचण्ड नै हो । मधेसप्रति माओवादी पार्टी धेरै संवेदनशील र जिम्मेवार रहेको पाएँ । हाम्रा लागि मधेश, रोल्पा, रुकुम वा हुम्लाको पीडा र समस्या एउटै हो । हिमाल, पहाड, मधेश सबैंको भावना प्रचण्डले बुझ्नुभएको छ । त्यसैले केही लिनका लागि होइन, देश र माओवादी पार्टीको हितमा केही गर्ने सोंच बोकेर माओवादीमा आएको छु । पार्टी प्रवेशमा मेरो कुनै स्वार्थ छैन ।’ माओवादीमा प्रवेश गर्नेहरु कन्तमुनी जयसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ, रामप्रवेश यादव, पूर्व गाबिस अध्यक्ष, सत्यनारायण सहनी, सुखियादेवी सहनी, भूपनारायण सहनी, विजय जयसवाल, गीता जैसवाल, शेख मिया, सेख खैरातुन, गीता जैसवाल, सन्तोष जैसवाल, सेख नौसाद आलम, सलेशकुमार जैसवाल, मुखिया जैसवाल, प्रेमभक्त साह, राजदेव साह, रविकुमार जैसवाल, सुरेश सहनी, सत्यनारायण सहनी, सुकदेव साह, पनलाल प्रसाद यादव, मौजेलाल राय यादव, बद्री चौधरी, ध्रुव साह, पुनमकुमारी सिंह, शंकर राय, पप्पुदेव राय, अवध सिंह, राधा सहनी, मोहित पोदार, जगत सहनी, शिबकुमार सहनी र महेन्द्र सहनी रहेका छन् । उनीहरु विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेको माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिईन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE