Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

राष्ट्रपति ट्रम्पको पहिलो चुनावी बाचा यसरी भयो पूरा

\"\"अमेरिका, २२ वैशाख । अभियानकर्मीहरुले ट्रम्पको स्वास्थ्य सेवा विधेयक विरुद्ध प्रदर्शन गरेका छन् । अमेरिकी संसदको तल्लो सदनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी वाचा पूर्ति गर्ने दिशामा सहयोगी हुने गरि एक नयाँ स्वास्थ्य सेवा विधेयक पारित गरेको छ । अमेरिकन हेल्थ केयर एक्ट नामक उक्त कानूनले विगतको सरकारको पालाको ओबामा केयर भनिने कानूनलाई खारेजी र विस्थापन गर्ने उद्देश्य लिएको छ । तल्लो सदनले झिनो बहुमतले पारित गरेको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गर्नु पर्छ । तल्लो सदनमा सो विधेयकलाई विपक्षी डेमोक्र्याटिक पार्टिले एक मतले अस्वीकार गरेका थिए । तर तल्लो सदनले पारित गरेपछि राष्ट्रपति ट्रम्पको निम्ति आफ्नो कार्यकालको यो पहिलो विधायिकी सफलता भएको छ । गत मार्च महिनामा उक्त नयाँ कानूनका प्रावधानबारे रिपब्लिकन दलभित्रै कुरा नमिलेपछि तल्लो सदनमा त्यो विफल भएको थियो । तर यसपाली चाहिं झिनो अन्तरले त्यो सफल भयो । २१६ मत चाहिनेमा सो कानूनको पक्षमा २१७ मत खसेको थियो । सिनेटमा रिपब्लिकनहरुको बहुमत झिनो नै छ । केही रिपब्लिकन सिनेटरले पनि नयाँ कानूनबारे प्रश्न उठाएका छन् । त्यसैले माथिल्लो सदनबाट पारित गर्न सहज हुने देखिंदैन । राष्ट्रपति ट्रम्प भने सिनेटबाट पनि उक्त कानून पारित हुनेमा विश्वस्त छन् । ूजहाँसम्म मलाई लाग्छ अब सबैको बीमा प्रिमियम घट्नेछन् । यो सिनेटबाट पनि पारित हुनेछ म एकदमै विश्वस्त छु उनले भने । त्यसमाथि नयाँ कानूनले सिर्जना गर्ने लागत तथा कति अमेरिकीले यसबापत बीमा गुमाउनेछन् भन्ने हिसाबकिताब प्रष्ट भइसकेको छैन । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending