Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

हंगेरियन राजदूत पेथोसँगको भेटमा के भने प्रधानमन्त्री प्रचण्डले ?

\"\"काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हंगेरियन राजदूत ग्युला पेथोले भेट गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय, विकास र समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विश्व विकासको बहुआयमिक सम्भावनातिर लम्किरहेको र नेपालले पनि राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्ग पछ्याइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको विश्व विकासको बहुआयमिक सम्भावनातिर लम्किरहेको छ । नेपालले पनि विकास र समृद्धिको मार्ग पछ्याइरहेको छ । यस वर्ष हामीले नेपालमा लगानी सम्मेलन ग¥यौं । लगानीका निम्ति अनुकूल वातावरण बनिरहेको छ, आर्थिक वृद्धिदर विगतको तुलनामा उत्साहवद्र्धक छ, राजनीतिक स्थिरताको वातावरण बनिरहेको छ ।’ भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको पेथोलाई जानकारी दिए । प्रधानमन्त्रीले निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको र एकैचोटी हजारौं जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा राजनीतिक स्थिरता र विकासले गति लिने बताए । भेटका अवसरमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हंगेरियाको सधैं सहयोग र सद्भाव रहने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE