Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

यसो भने प्रधानमन्त्री प्रचण्डले माओवादीको हेडक्वाटर बैठकमा

[caption id=\"attachment_127289\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

काठमाडौं, १८ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै सम्पन्न भएको छ ।

सोमबार बिहान र दिउँसो गरी दुई चरणमा सम्पन्न हेडक्वार्टर बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समसामयिक परिस्थितिबारे र पार्टीले खेल्नुपर्ने भूमिकाका बारे बैठकमा आफ्नो धारणा राखेका थिए । बैठकमा बोल्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले बाहिर हेर्दा सर्वोच्च अदालतका प्रधान न्यायाधीशमाथिको महाअभियोगको प्रस्ताव नेपाल प्रहरीको महानिरीक्षक प्रकरणसँग जोडिएको देखिए पनि मूख्य कुरा शक्ति पृथकीकरण र राज्यका तीनवटै अङ्ग बीचको क्षेत्राधिकारको सवाल भएको बताउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले महाअभियोगको प्रस्ताव सरकारको प्रस्ताव नभएर सांसदहरुद्वारा दर्ता गरिएको प्रस्ताव भएको र त्यो संविधानमा व्यवस्था भएको महाअभियोग सम्बन्धि व्यवस्थामा अनुरुप नै दर्ता भएको स्पष्ट गरेका थिए । महाअभियोग प्रस्तावबारे बोल्दै पार्टी अध्यक्ष प्रचण्डले महाअभियोग प्रस्ताव अदालत विरुद्ध लक्षित नभएर प्रधान न्यायाधीशको व्यक्तिगत कार्यशैली र आचरणसँग सम्बन्धित भएको बताए । प्रचण्डले महाअभियोग प्रस्तावले न्यायालय कमजोर नहुने बरु थप पारदर्शी, जवाफदेही र प्रभावकारी बन्ने बताउँदै संसदले गर्ने निर्णय नै अन्तिम हुने बैठकलाई जानकारी गराएका थिए । महाअभियोग, बैशाख ३१ र जेठ ३१ गते निर्धारण गरिएको निर्वाचन, संविधान संशोधन विद्येयक लगायतका विषयमा छलफल गर्न आब्हान गरिएको बैठकमा हेडक्वार्टर सदस्यहरुले आ–आफ्ना धारणा राखेका थिए । पार्टी अध्यक्षले बैठकमा उठेका प्रश्नहरुबारे जवाफ दिँदै महाअभियोग प्रस्तावले निर्वाचन र संविधान संशोधन प्रक्रिया प्रभावित नहुने स्पष्ट पारेका छन् । बैठकले महाअभियोग संसदको क्षेत्राधिकारको विषय भएको स्पष्ट पार्दै संसदमा दर्ता महाअभियोग प्रस्ताव प्रक्रियामा अगाडि जाने र त्यसमा पार्टीको सहयोगी भूमिका हुने स्पष्ट गरेको छ । बैठकले संविधान संशोधन विद्येयकलाई पारित गर्न पार्टीको तर्फबाट आवश्यक पहल गर्ने, पहिलो चरणको निर्वाचनको मंगलबारको उम्मेदवारी मनोनयन प्रक्रियालाई उत्सवका रुपमा लिएर अघि बढ्न पार्टी सङ्तिलाई निर्देशित गर्ने र दोस्रो चरणको निर्वाचनलाई पनि तोकिएकै समयमा सम्पन्न गर्ने गरी प्रभावकारी तयारी गर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending