Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

निष्पक्षतामा प्रश्न उठेकाले महाअभियोग लगाइयोः डा कोइराला

\"\"ललितपुर, १८ वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेकाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुपरेको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले सोमबार आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् । “हामीले चाहेको स्वतन्त्र र निष्पक्ष न्यायपालिका नै हो,” उनले भने– “यसैका लागि पार्टीका नेता गणले महाअभियोगको निर्णय गरेका हुन् ।” पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको तयारीका बारेमा प्रकाश पारे । संसद्मा हिजो दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका बारेमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा उनले नेपाली काँग्रेसले स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल न्यायपालिकाको पक्षमा रहेको र रहिरहने विश्वास व्यक्त गरे । केन्द्रीय सदस्य लेखकले नेपाली काँग्रेसले लोकतन्त्रका आधारभूत तत्वमा विश्वास गर्ने बताउँदै “स्वतन्त्रता, निष्पक्षता, मर्यादामा आधारित सबल न्यायापालिकाप्रतिको हाम्रो विश्वास अटल छ र हामी शक्ति पृथकीकरणको सिद्धान्तमा पनि उत्तिकै अडिक छौँ भने ।” हाल संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव न्यायापालिकाविरुद्ध लक्षित नभएर न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल हुन नदिने एक न्यायाधीशविरुद्ध मात्र लक्षित भएको बताउँदै उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप निर्माण भएको हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्र र सीमा स्पष्ट किटान गरेको धारणा व्यक्त गरे । “यि तीन निकायमध्ये कसैले पनि कसैको अधिकार मिच्न हुँदैन भन्नेमा नेपाली काँग्रेस स्पष्ट छ” केन्द्रीय सदस्य लेखकले भन्नुभयो– “नेपालको संविधानको उल्लङ्घन, पदीय कर्तव्यको पालना नभएको, निर्वाचन आचारसंहिताको समेत पालनामा असर पारेको, कार्य क्षमताको अभाव आदिका कारणले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउन परेको हो ।” केन्द्रीय सदस्य लेखकले “लोकतन्त्रको आधार नै न्यायापालिकामाथिको नागरिकको विश्वास हो तर प्रधानन्यायाधीश कार्कीको कामकारबाहीले गुटबन्दी बढाउने, न्यायालयप्रतिको आस्था घटाउने अवस्था सिर्जना गरेकाले अदालतलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल बनाएर जनआस्था अभिवृद्धि गर्न महाअभियोग ल्याउनु परेको हो,” भन्दै न्यायमूर्तिले सत्यतथ्य, कानुनी आधारलाई छोडेर आवेग, प्रतिशोध र लहडका भरमा न्याय सम्पादन गर्न नहुने प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाअभियोग प्रस्ताव संसद्मा विचाराधीन भएकाले संसद्बाटै टुङ्गो लगाइने बताए । कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्का र दीपक गिरीको सहभागिता थियो । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE