Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

सुरक्षा समितिले निर्वाचनलाई लक्ष्य गरी निषेधित क्षेत्र घोषणा गर्यो

\"\"चितवन, १८ वैशाख । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सात तहका महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सदरमुकाम भरतपुरको मुख्य क्षेत्र निषेधित क्षेत्र घोषणा भएको छ । भरतपुर महानगरपालिकाको पूर्वमा वाइपासरोड, पश्चिममा त्रिचोक, उत्तरमा रमाइलोचोक र दक्षिणमा केन्द्रीय बस टर्मिनलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । ती क्षेत्रमा सुरक्षा निकायका सहित सम्पूर्ण सरकारी कार्यालय रहेका छन् । त्यस्तै, रत्ननगर नगरपालिकाको बकुलहरचोक, हरिहरमन्दिर, टिकौली र बकुलहर माविदेखि शान्तिचोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिकाको पूर्वमा मालपोत, पश्चिममा भुवानीशङ्कर कलेज, उत्तरमा नेपाल आदर्श मावि र दक्षिणमा दूरसञ्चार कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कालिका नगरपालिकाको पूर्वमा सिर्जना चोक, पश्चिममा भालुखोला, उत्तरमा पदमपुरको ३ नं बाटो र दक्षिणमा लङ्कालाइनदेखि टाँडी जाने बाटोसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । त्यसैगरी, राप्ती नगरपालिकामा पूर्वमा गढीमाई गणको सुरक्षा जाँच पोस्ट, पश्चिममा लोकमार्गको मनकामना चोक, उत्तरमा चेपाङ मार्ग चौकीडाँडाचोक र दक्षिणमा प्यारीढाप गाउँसम्मका क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । माडी नगरपालिकाको पूर्वमा बघौडा मध्यवर्ती सामुदायिक वनको कार्यालय, पश्चिममा सत्यसाई पेट्रोलपम्प, उत्तरमा विक्रमबाबा चलचित्र भवन र दक्षिणमा विद्युत् प्राधिकरणको कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको पूर्वमा नयाँबस्ती जाने बाटो, पश्चिममा सशस्त्र प्रहरीको तालिम केन्द्र जाने बाटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणमा रोशन सिलवालको बारीसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थापाले जानकारी दिए । ती क्षेत्रमा मुख्य निर्वाचनको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसमेत रहेका छन् । निषेधित क्षेत्रमा जुलुस, धर्ना, आमसभा, कोणसभालगायतका कार्य गर्न निषेध गरिएको उनले बताए । आजदेखि मतगणना नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । सुरक्षा समितिले सम्भावित दङ्गाग्रस्त क्षेत्रसमेत पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध गरेको थापाले जानकारी दिए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE