Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्टेरिङ फेल भएको गाडीलाई दुर्घटनाबाट जोगायौँः सांसद विश्वकर्मा

\"\"काठमाडौं, १८ वैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग लगाउने प्रस्तावक एवम् नेपाली काँग्रेसका नेता मिन विश्कर्माले महाअभियोग प्रस्ताव संसदबाट पारित हुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले महाअभियोग प्रस्ताव पारित हुने स्पष्ट पारेका हुन् । उनले भने,‘हामीले प्रस्ताव दर्ता गराएका छौं, अबको ६ दिनभित्र प्रक्रिया सुरु हुन्छ, यो वीचमा सबै वास्तविकताहरु बाहिर आउनेछन ।’ उनले निर्वाचनको मुखमा महाअभियोग लगाईएको भनेर चर्चा भैरहेकोप्रति टिप्पणी गर्दै भने,‘हामीले स्टेरिङ् फेल भएको गाडीलाई दुर्घट्नाबाट जोगाएका हौं ।’ साक्षात्कारमा बोल्दै उनले भने, ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्ने, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक–फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको देखियो, उहाँले गर्न नहुने काम गर्नुभयो, झगडीयालाई भेट्ने, यो त कस्तो भयो भने म्याच फिक्सिङ्जस्तो भयो ।’ सरकारले डीआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गरेपछि अर्का डीआएजी नवराज सिलवाल सर्वोच्च अदालत गएको घट्ना उल्लेख गर्दै विश्वकर्माले भनें,‘सर्वोच्च अदालतले चन्दको नियुक्ति रद्द गर्यो र सिलवाललाई आइजीपी बनाउन भन्यो, यी विषयहरुमा निर्णय लिँदा प्रधानन्यायाधीश कार्कीले मुद्दाको सुनुवाई आफू निकटका न्यायाधीशकोमा पार्ने र अतिशय नै सिलवालको बचाउ गर्ने काम गरिन् । सिलवालको पक्षमा गरिएका आदेश र फैसलाहरु हेर्दा सुशीलामाथि नवाराज सिलवालप्रति बढी नै झुकाव राखेको देखिन्थ्यो । सिलवालको पक्षमा सुशीला खुलेर लागेकी थिइन् ।’ विश्वकर्माले निर्वाचनको मुखैमा आईपुग्दा देशको शान्ति, सुरक्षा र अमनचयन कस्तो हुने हो भनेर चौतर्फी सन्त्रास छाईरहेको बेला सरकारले नियमसंगत ढंगले प्रहरी बढुवा नियामावली अनुसार नै आइजिपी नियुक्त गर्दा अड्काउने काम गरेको आरोप लगाए । उनले भने,‘आईजीपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कासम तोडमोड गरेर फैसला गरेको पाईयो, त्यसैले यी सबै कुराहरु उहाँबाट गम्भिर गलत भएकोले हामीले महाअभियोग दर्ता गराएका छौं ।’ त्यस्तै उनले सरकारले गलत काम नगरेको समेत स्पष्ट पारे । उनले भने,‘यहाँ मैले एमालेका मित्रले सरकारले गलत काम गर्यो भनेको कुरा पनि सुनें, तर सरकारले केही गलत गरेको छैन, बरु प्रमुख प्रतिपक्षीको भूमिका कार्यपालिका र न्यायपालिकालाई जुधाउने खालको देखियो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending