Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

महाअभियोगपछिको २४ घण्टाभित्र यसरी बढ्यो राजनीतिक गर्मी

\"\"काठमाडौं, १८ वैशाख । आइतवार अर्थात हिजो बैशाख १७ सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव मतदानमा लैजाने सत्तारुढ दलको तयारी थियो । त्यही तयारीका साथ बिहान ११ बजे नै प्रधानमन्त्री प्रचण्ड संसद भवन छिरे । तर, संसदको कार्यसूचि फेरियो, कारण थियो राप्रपाका सांसदको संसदमा न्यून उपस्थिति । तत्कालै संसद भवनभित्रै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापाको बैठक बस्यो । बैठकमा कमल थापाले आफ्ना सांसदलाई शितल निवास र निर्मल निवासको मिलेमतोमा रोकेको सूचना प्रचण्ड र देउवालाई दिए । तत्कालै प्रचण्डले मधेशी मोर्चालाई संशोधन प्रस्तावमा दुई तिहाई पुग्न नदिन चलखेल भयो, के गरौं ? भनी सोधे । मधेशी मोर्चा पनि संसद केही दिन पर पारेर भएपनि संशोधन प्रस्ताव पास गर्ने प्रचण्ड प्रस्तावमा सहमत भए । त्यसपछि शोक प्रस्ताव पारित गरेर संसद २१ गतेसम्मलाई रोकियो । लगत्तै संसदबाट बाहिरिएका प्रचण्डले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिए, ‘१९ गते उत्सवका रुपमा मनोनयन दर्ता हुन्छ । निर्वाचन हरहालतमा हुन्छ, संशोधन सम्बन्धि निर्णय २१ गते बस्ने संसद बैठकले गर्छ, मोर्चा पनि निर्वाचनमा आउँछ ।’ सिलवालले दायर गरेको रिटमा बैशाख २१ गते सर्वोच्चले फैसला गर्दै थियो । सिलवालले कार्य सम्पादनमा किर्ते गरेको जानकारी हुँदाहुँदै पनि उनैलाई महानिरीक्षक बनाउने फैसला गर्ने’ सुशीला कार्की, सपना मल्ल प्रधान, शम्भु थापा, नवराज सिलवाल र एमाले नेतृत्वबीच छलफल चलिरहेको सूचना प्रचण्ड र देउवाले पहिल्यै पाइसकेका थिए । अनि, आइतबार दिउँसो नै प्रधान न्यायाधीश कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरियो । महाअभियोग दर्तापछि राजनीतिले नयाँ मोड लियो । बजारमा अनेक हल्लाहरु आए । “एमालेले सशक्त प्रतिरोध गर्छ, प्रचण्डले राजीनामा दिन्छन्, प्रचण्डले संसद भंग गरेर आम निर्वाचनको घोषणा गर्छन्, कमल थापाले सरकार छोड्छन्, सेनाले सत्ता लिन सक्छ, अब निर्वाचन रोकिन्छ” जस्ता बजार हल्लाहरु चले । बेलुका बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच कुराकानी भयो । त्यही बेला गृहमन्त्री निधिले राजीनामा दिएको समाचार आयो । कांग्रेस र माओवादी केन्द्रका नेताहरु बीच महाअभियोगको पक्षमा दृढतापूर्वक अघि बढ्ने र चुनाव कुनै हालतमा नरोक्ने समझदारी भयो । यता एमालेका नेताहरु कानून व्यवसायीहरुसँगको परामर्शमा जुटे, नवराज सिलवाल दिउँसै अस्पतालबाट गायव भए । सुशीला कार्की तनावमा रहिन्, नेपाल प्रहरी र सेनाले कार्कीको सुरक्षा कामू प्रधानन्यायाधीश पराजुलीलाई दियो । सोमबार एकाबिहानै प्रचण्डले राप्रपा अध्यक्ष कमल थापालाई बालुवाटारमा बोलाए । उनले कार्कीमाथि महाअभियोग लगाउनु पर्नाको कारण थापालाई बेलिबिस्तार सुनाए । यता थापाले पनि शितल निवास र एमालेको मिलेमतोमा राप्रपा फुटाउने षड्यन्त्र भएको गुनासो प्रचण्डसँग गरे । ४५ मिनेट लामो छलफलपछि कमल थापाले सरकारलाई बलियो साथ दिने वचनका साथ बालुवाटारबाट बाहिरिए । मधेशी मोर्चाका नेताहरु पनि सरकारको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरे । राति नै बसेको नेपाली सेनाको बैठकले सरकारले दिने निर्देशनलाई पालना गर्ने निर्णय गर्यो । त्यसलगत्तै प्रचण्ड शितल निवास पुगे । प्रचण्ड र राष्ट्रपतिको भेटमा समसामयिक राजनीति’ कुरा भयो । प्रचण्डले महाअभियोग संसदको सर्वोच्चता भएको जानकारी राष्ट्रपतिलाई गराए । दलहरु मिलेरै महाअभियोग टुंगोमा पुर्याउने र निर्वाचन समयमै सम्पन्न गर्ने’ उनीहरुबीच कुराकानी भयो । यसरी कांग्रेस, राप्रपा, मधेशी मोर्चा सबैको बलियो साथ पाएपछि प्रचण्ड तोकिएकै समयमा निर्वाचन गर्ने भन्दै माओवादी केन्द्रको हेडक्वार्टर बैठकलाई निर्देशित गरे । यो लगत्तै प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिहदरबारमा भेट भयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE