Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

यो हो गृहमन्त्री विमलेन्द्र निधिले खास राजीनामा दिनुको भित्रि रहस्य

\"\"काठमाडौं, १७ वैशाखउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । सरकारले आइतवार आज प्रधानन्याधिश सुशिला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट भएर राजीनामा दिएको बताइएपनि भित्रि कुरा भने अर्कौ छ । गृहमन्त्री निधिको राजीनामा भित्रि कुरा सरकारको दोस्रो वरियताको हो । गृहमन्त्री निधि निकटकाहरुले प्रधानन्यायाधिसको महाअभियोगको विषयलाई प्रचार गरेपनि भित्रि कुरा त्यस्तो नभएको कांग्रेसका एक नेताले खबरडबलीलाई बताए । देशको ठुलो शक्ति कांग्रेस भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि दोस्रो वरियतामा आफुलाई बनाउनुपर्ने निधिको माग थियो । तर निधिलाई आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नै असहयोग गरे । देउवाको सहमतिपछि प्रचण्डले दोस्रो वरियतामा राप्रपाका अध्यक्ष तथा स्थानीय विकासमन्त्री कमल थापालाई थमाईदिए । चैत २८ गते दोस्रो वरियता थापालाई बनाएपछि निधिले प्रधानमन्त्री प्रचण्डसँग भनेका थिए, ‘वरीयताको विषय अब मेरा लागि प्रतिष्ठाको विषय भइसक्यो । म कमल थापाको पछाडि बस्न सक्दिनँ र अब क्याबिनेटमा पनि जान्नँ, राजीनामा दिन्छु ।’ वरियता विवादपछि गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने मनस्थितिसमेत बनाएका थिए । तर, कांग्रेस सभापति देउवाको आग्रहमा उनले राजीनामा नदिने मनस्थिति बनाएका थिए । स्थानीय निर्वाचनको मुखमा राजीनामा दिँदा गलत सन्देश जाने र निर्वाचनपछिको सत्ता समीकरणमा समस्यासमेत हुन सक्ने भन्दै गृहमन्त्री निधिलाई राजीनामा दिन देउवाले रोका थिए । निधिले केहि समय क्याविनेटमा समेत उपस्थित भएनन् । वरियता विवाददेखि नै कांग्रेसका केहि नेता र सभापति देउवासँग निधि रुष्ट रहेका थिए । यसभन्दा अघि पनि निधिले पटक पटक राजीनामा दिने विषयले मिडिया तातेको थियो । निधिले राजीनामा पत्र पनि जम्मा दुई वाक्य लेखेका छन् । राजीनामापत्रमा प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गरेर भनिएको छ ‘उपप्रधान तथा गृहमन्त्री पदबाट आजैको मितिदेखि राजीना दिएको छु । र निधिले वाचा पनि गरेका छन् । संविधानमा संशेधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहि रहनेछु । ’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE