Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सशस्त्र प्रहरी बललाई स्टाफ कलेज संचालनको स्वीकृती

काठमाडौं, सशस्त्र प्रहरी बलले फौजी संगठनमा व्यावसायीक प्रशिक्षणका लागि महत्वपूर्ण मानिने स्टाफ कलेज संचालनका लागि स्वीकृती प्राप्त गरेको छ । स्टाफ कलेजलाई विश्वकै सुरक्षा निकायमा उपल्लो स्तरको प्रशिक्षण संस्थाको रुपमा लिइन्छ । स्टाफ कलेज संचालनको स्वीकृती पाएसँगै सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रियस्तरको ‘कमाण्ड तथा स्टाफ तालिम’ संचालन गर्ने भएको छ । यस तालिमपछि प्रशिक्षार्थीहरुले त्रिभुवन विश्वविद्यालयको मानविकि तथा सामाजिकशास्त्र संकाय अन्तर्गत सुरक्षा विकास तथा शान्ति अध्ययन विषयमा स्नातकोत्तरको उपाधिसमेत प्राप्त गर्नेछन् । शैक्षिक उपाधिका लागि त्रिभुवन विश्वविद्यालयले स्वीकृतीसमेत दिइसकेको छ । तालिम संचालनका लागि सशस्त्र प्रहरी बलले प्रशिक्षार्थी छनोट गर्ने मापदण्ड तय गर्दै प्रवेश परिक्षा सम्बन्धि कार्यविधि समेत तयार गरेको छ । तालिमको अवधि करीब डेढ वर्ष रहेको सो तालिममा एक पटकमा बढीमा ४० जनासम्म प्रशिक्षार्थीहरु सहभागि रहने छन् । सशस्त्र प्रहरी बलले भविष्यमा अन्य देशका अर्धसैनिक प्रकृतिका सुरक्षा संगठनका अधिकृतहरुलाई समेत यस तालिममा सहभागि गराउने लक्ष्य लिएको छ । स्टाफ कलेज संचालनका लागि करीब नौ महिना अघिदेखि गृहकार्य थालेको सशस्त्र प्रहरी बलले स्टाफ कलेज स्थापनाको स्वीकृती प्राप्त गरेसँगै तालिम संचालनको तयारी गरेको छ । तालिमको लागि तयार गरिएको पाठ्यक्रमलाई त्रिभुवन विश्वविद्यलयले अहिले सम्मका उत्कृष्ट पाठ्यक्रम मध्ये एक भएको बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending