काठमाडौँ, करिब दुई दशक लामो खेल जीवनबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले शनिबार आफ्नो अन्तिम खेल खेल्दै खेल जीवनबाट सन्यास लिएका छन् ।
गत नोभेम्बरमा घरेलु लिग खेल्ने क्रममा टाउकोमा बलले लागेर मृत्यु भएका अस्टे«लियाका क्रिकेटर फिलिप ह्युजको सम्झनामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई दासले करियरको अन्तिम खेल बनाउँदै सन्यास लिनुभएपछि अब मैदानसँगको आफ्नो सम्बन्ध तोडेका हुन् ।
करिब १२ वर्षसम्म राष्ट्रिय टोलीको कप्तान तथा सदस्य रहेर नेपाली क्रिकेटलाई यो उचाइसम्म पुर्याउनमा महत्वपूर्ण योगदान पुर्याएका दासले खेलाडीको रुपमा बल र ब्याटसँगको साइनोसमेत तोडेका छन् ।
आफूले खेल जीवनलाई त्यागे तापनि खेल क्षेत्रमा कुनै न कुनै रुपले क्रिकेट खेलको विकास र विस्तारमा लागिरहने पूर्व कप्तान दास बताउछन् । \'मैले खेल जीवनको सुरुवात गर्दा नेपाली क्रिकेटमा व्यावसायिकता थिएन तर अहिले अन्तर्राष्ट्रिय सफलतासँगै आम मानिसका लागि लोकप्रिय खेल बन्न सफल भएको छ, यसको श्रेय हामीलाई कठिन परिस्थितिमा पनि सहयोग र समर्थन गर्ने नेपाली जनतालाई जान्छ\'–उनि भन्छन् ।
चोटका कारण करिब दुई वर्ष खेल जीवनबाट टाढा रहेका पूर्व कप्तान दास अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समर्थकको मन जित्न सफल भए । उनले ब्लु टिम (निलो टोली) बाट कप्तानी इनिङ खेल्दै २९ बलमा ४१ रन जोड्दै एक महत्वपूर्ण विकेट पनि लिए । यो नै उनको अन्तिम विकेट थियो । सन् १९९७ बाट खेल यात्रा सुरु गर्नुभएका ३२ वर्षीय दासले हङ्कङमा भएको एसिसी १९ वर्षमुनि (यू–१९) एलिट कपबाट खेल यात्रा सुरु गरेका थिए । त्यतिबेला उनले उपकप्तानको जिम्मेवारी प्राप्त गरेका थिए । त्यस्तै उनकै कप्तानीमा सन् २००१ मा घरेलु मैदानमा भएको एसिसी यु–१९ एलिट कपको उपाधिसमेत नेपालले जितेको थियो । यसैगरी सन् २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेका दासले पछिल्लो पटक संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी एलिट कपमा नेपालले पहिलो पटक उपाधि जित्दा उनि नेपाली टोलीका महत्वपूर्ण सदस्यसमेत थिए । उनको नेतृत्वमा यु–१९ले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेबापत सन् २००२ मा तत्कालीन सरकारले ‘गोरखा दक्षिणबाहु’ पुरस्कारबाट सम्मानित गरेको थियो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा क्रिकेट खेलले लिएको उचाइमा दासको महत्वपूर्ण योगदान रहेको टिप्पणी गरे । \'उहाँको योगदानको बर्णन गर्न अहिले मसँग कुनै शब्द त छैन तर भन्नैपर्दा उहाँजस्तो खेलाडी हत्पत नेपालले पाउन गाह्रो छ”– उनि भन्छन् । कप्तान खड्काले विनोद दासबाट सबै खेलाडीले धेरै कुरा सिक्नुपर्ने बताए । नेपाली टोलीका अर्का सदस्य वसन्त रेग्मीले दासको योगदानको चर्चा गर्दै करिब दुई दशकसम्म निःस्वार्थ क्रिकेटमा लागिरहनु नै उनको विशेषता भएको चर्चा गरे । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष दीपक कोइरालाले पूर्व कप्तान दासले नेपाली क्रिकेटलाई दिएको योगदानको मूल्य आफूहरुले तिर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: