Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

प्रचण्ड नभ्याएपछि ‘वान बेल्ट वान रोड’मा सम्झौता गर्न अर्थमन्त्री महरा चीन जाँदै

\"\"काठमाडौं, १५ वैशाख । बहुप्रतिक्षित ‘वान बेल्ट, वान रोड’ परियोजनामा सम्झौता गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन जाँदैछन् । चिनियाँ राष्ट्रपतिबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा प्राप्त भएको भएपनि चुनावका कारण प्रचण्ड व्यस्त हुने भएपछि महराले सम्झौतामा हस्ताक्षर गर्ने छन् । नेपालको हस्ताक्षर यस परियोजना सम्बन्धी आयोजना गरिएको सम्मेलनपूर्व नै हुन गइरहेको छ । चीनले बेइजिङमा मे १४ र १५ मा ओबर सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । उक्त सम्मेलनमा नेपालका तर्फबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसहित परराष्ट्र, भौतिक योजना तथा निर्माण र वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिएको छ। उपप्रधानमन्त्री महराको नेतृत्वमा बेइजिङ जाने टोलीले चीनसँग ओबरमा सम्झौता गर्ने तयारी भइरहेको र सम्झौता र सम्मेलनमा सहभागिता सम्बन्धी सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । रेल–वे, समुन्द्री मार्ग लगायतका पूर्वाधार निर्माण, व्यापारिक अन्तरसम्बन्धसहितको ओबर–पहलसम्बन्धी यो सम्मेलन चिनियाँ राष्ट्रपति सी जिनपिङले अघिल्लो वर्ष आव्हान गरेका हुन् । सम्मेलनमा २८ देशका नेता र १ सय १० देशका प्रतिनिधि सहभागी हुने छन् । गत चैत्रमा भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ओबर बारे जिज्ञासा राखेका थिए । चीन भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले आफुले ओबरमा प्रतिवद्धता जनाएको बताएका थिए । चीनको महत्वकांक्षी ओबर परियोजनालाई संसार कै ठूलो आर्थिक करिडोरको रुपमा लिने गरिन्छ । परियोजनाले एसिया, युरोप र अफ्रिका जोड्ने छ । ओबरलाई संसारकै ठूलो आर्थिक करिडोर र भौतिक पूर्वाधार निर्माण सम्बन्धी चिनियाँ पहलकदमीका रुपमा लिइन्छ । यसबाट ६६ देश लाभान्वित हुने चीनले बताउँदै आएको छ । यसका लागि चीनकै पहलमा एसियाली पूर्वाधार लगानी बैङ्क र सिल्क रोड फन्ड समेत स्थापना गरिएको छ । रेल सेवा, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र आपसी व्यापारको व्यापक अवधारणालाई यो परियोजनाले समेटेको छ । चीनले एसिया, युरोप र अफ्रिकामा आफ्नो समग्र लगानी, व्यापार र सहयोगको अवधारणाअन्तर्गत यस क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा, पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने चीनको प्रस्ताव छ । चीनको पहलमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकमा ४० अर्ब डलरको रेसमी मार्ग कोष स्थापना भएको छ । यो कोषको रकम नेपालजस्ता अति आवश्यक ठानिएका र न्यून आर्थिक क्षमता भएका मुलुकमा अनुदान वा ऋणका रूपमा लगानी गरिनेछ । यस दृष्टिले नेपालको पूर्वाधार विकासका लागि यो कोष महत्त्वपूर्ण स्रोत हुन सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE