Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

भक्तपुर काँग्रेसको मेयरमा ४२, उपमेयरमा २३ को नाम सिफारिस (नामसहित)

\"\"भक्तपुर, १५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा तथा क्षेत्रीय समितिले आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिलाई उम्मेदवारको छान्न सकस भएको छ । नेपाली काँग्रेस चुनाव प्रचार समितिका संयोजक केदार खड्काका अनुसार भक्तपुर नगरपालिकामा प्रमुखका लागि नारायणप्रसाद तमखु र ऋषिकेशभक्त तिमिला तथा उपप्रमुखका लागि कोपिला कायस्थ र अम्बिकादेवी झाको नाम सिफारिस भएको छ । मध्यपुर थिमि नगरपालिकामा भने प्रमुखका लागि मात्रै अष्टकुमार कवेँ, सन्तोष भट्टराई, सुरेन्द्र श्रेष्ठ, केदार खड्का, मदनकृष्ण श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर, मुरारी आचार्य, गोकुल शर्मा र जीवन सिजापति गरी १० जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा उर्मिला वन, अञ्जना मढिकर्मी, भगवती अधिकारी, प्रमिला आचार्य, कमला कर्माचार्य (बस्नेत), लक्ष्मीशोभा प्रजापति र निर्मला थापा गरी सात जनाको नाम सिफारिस भएको छ । त्यसैगरी सूर्यविनायक नगरपालिकामा विष्णुराज कार्की, निशान ढुङ्गेल, उद्धव सिलवाल, राजु खड्का, सुशील बस्नेत, कृष्णमुरारी न्यौपाने, राजनकाजी त्वाती, शङ्कर केसी, कवीर राणा, रवि राणा, उपेन्द्रनन्दन तिमल्सिना, धर्मभक्त श्रेष्ठ, अच्युतप्रसाद मिश्र, भेषबहादुर कार्की, विदुरमान सिंह र नारायणभक्त खायमली गरी १६ जनाको नाम सिफारिस भएको छ । त्यसैगरी उपप्रमुखमा भने सङ्गीता थापा, कल्पना राजथला, सावित्री कार्की, गौरी खड्का खत्री, रिता खत्री कार्की, शोभा अधिकारी, विजयाशर्मा कोइराला, ललिता धिताल पोखरेल र रुपा भट्टराईको नाम सिफारिस भएर आएको छ । यता चाँगुनारायण नगरपालिकामा भने कृष्णलाल भँडेल, राजाराम खड्का, किरण न्यौपाने, जगन्नाथ कार्की, मनोजकुमार थापा, शिवहरि केसी, यादव अधिकारी, पुरुषोत्तम लामिछाने, शङ्करप्रसाद गौतम, जीवन खत्री, सम्पूर्ण रोक्का, टङ्कबहादुर कार्की, सुरेश श्रेष्ठ र उद्धव खड्का गरी १४ जनाको नाम सिफारिस भएको छ । उपप्रमुखमा भने राधा कार्की (सरु बानियाँ), रुपादेवी थापा, सावित्री लामिछाने, सङ्गीता फुयाल र सुभद्रा काफ्ले गरी पाँच जनाको नाम सिफारिस भएको छ । भक्तपुरका चार नगरपालिकामा चारवटा प्रमुख र चारवटा उपप्रमुखको उम्मेदवारका लागि नेपाली काँग्रेसबाट प्रमुखमा ४२ जनाको र उपप्रमुखका लागि २३ जनाको नाम सिफारिस भएको प्रचार संयोजक खड्काले जानकारी दिए । केही नाम वडा समितिबाट छनोट भई क्षेत्रीय समितिमा सिफारिस भएर क्षेत्रीय समितिमा पठाए पनि क्षेत्रीय समितिले भने अझै पनि उम्मेदवारको नाम छनोट गर्न सकेका छैनन् । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले १८ वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले उम्मेदवारको आकांक्षी धेरै भएकाले व्यवस्थापनमा केही कठिनाइ भएकोे बताए । जिल्लामा आएको नामवलीमध्येबाट जिल्ला सभापतिको संयोजकत्वमा जिल्ला सभापतिको प्रत्यासी उम्मेदवार अष्टकुमार कवेँ, सभासद रामेश्वर ढुङ्गेललगायतको जिल्लास्तरीय उम्मेदवार छनोट समितिले उम्मेदवारको नाम छनोट गर्ने सभापति थापाले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE