Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

उत्तर कोरियासँग युद्ध हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्प आतंकित

\"\"काठमाडौं, १५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो द्वन्द्व निम्तनसक्ने चेतावनी पुनः दिएका छन् । उनले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर त्यसरी समाधान खोज्नु एकदमै कठीन भएको बताए । यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अर्को परमाणु क्षेप्यास्त्र परीक्षण गरे उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी चीनले दिएको बताएका थिए । उता उत्तर कोरियाले अमेरिकामाथिको हमलाको परिकल्पना गर्दै एउटा प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम आफ्ना लागि सबैभन्दा ठूलो विश्वव्यापी चिन्ता भएको बताए । उनले कुटनीतिक रुपमा समाधान खोज्ने प्रयास गरिरहेको र चीनले उत्तर कोरियामाथि दबाब बढाइरहेको उल्लेख गरे । चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको रुपमा संज्ञा दिदैँ उनले आफ्नो अट्टेरी छिमेकी विरुद्ध दबाब बढाउन प्रयासहरु गरिरहेको उल्लेख गरे । अमेरिकाले चीनले उत्तर कोरियामाथि कडा प्रतिबन्धहरु लगाएर उसलाई वार्तामा आउन दबाब देओस् भन्ने चाहेको छ । त्यसबाहेक सैन्य समाधानको विकल्पबारे पनि विचार भइरहेको विवरणहरु आएका छन् । यसअघि फक्स न्युजसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री टिलरसनले चीनले आफ्नो छिमेकी उत्तर कोरियालाई अहिलेसम्मकै कडा चेतावनी दिएको खुलासा गरेका थिए । उनका अनुसार चीनले किम जोङलाई उनले थप परमाणु परीक्षण गराए बेइजिङ्ले आफैँ प्रतिबन्धहरु लगाउने तयारी गर्ने जानकारी दिएको छ । उत्तर कोरियाको झण्डै ८५ प्रतिशत व्यापार चीनसँग निर्भर छ । अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाका युवा नेताले आफूले तर्कसंङ्गत निर्णय लिने क्षमता देखाएको भएपनि अमेरिकी गुप्तचर निकायहरुले संकलन गरेका विवरणले उनी क्रुर भएपनि मूर्ख नभएको पाइएको उल्लेख गरे । तर राष्ट्रपति ट्रम्पले किम जङ उनको क्षमताबारे आफ्नो कुनै धारणा नभएको प्रतिक्रिया दिएका छन् । उता बढ्दो कूटनीतिक दवावका माझ उत्तर कोरियाले एउटा प्रोपोगान्डा भिडियो बनाएको छ जसमा अमेरिकामाथि हमला गरेको अवस्थाको परिकल्पना गरिएको छ । सो भिडियोमा उत्तर कोरियाली क्षेप्यास्त्रले वासिङ्टन डिसीस्थित क्यापिटोल हिल र ह्वाइट हाउस साथै अमेरिकी विमानहरु बस्ने नौ सेनाको पानीजहाजलाई निशाना बनाएको देखाइएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending