कञ्चनपुर भन्सारमा राजस्व वृद्धि, तीन महिना अगावै लक्ष्य हासिल
चैत्र २९ गते, २०७१ आइतवार 12th April, 2015 Sun१५:००:४७ मा प्रकाशित
कञ्चनपुर, विभिन्न पक्षमा देखिएको सुधारसँगै कञ्चनपुर भन्सार कार्यालयको राजस्वमा समेत वृद्धि भएको छ ।
चालु आर्थिक वर्षमा रु १० करोड ३२ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आव सकिन तीन महिना अगावै लक्ष्य हासिल गरेको छ ।
‘हाम्रो लक्ष्य रु १० करोड ३२ लाख राजस्व सङ्कलन गर्ने थियो’, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भने, ‘अहिलेसम्मकै बढी राजस्व सङ्कलन भएको छ ।’
केही वर्षअघिसम्म रु तीन करोड वार्षिक लक्ष्य लिएर राजस्व सङ्कलनमा जुट्ने भन्सार कार्यालयले गरेको विविध सुधारका कारण राजस्वमा वृद्धि हुँदै गएको प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ ।
‘असारसम्म लक्ष्य हासिल गर्नुपर्ने थियो’, उनले भने, ‘हामी चैत मसान्तभित्रै त्यो लक्ष्य हासिल गर्न सफल भएका छौँ’, भन्सार अधिकृत रेग्मीले शनिबारसम्म रु १० करोड २२ लाख राजस्व सङ्कलन भएको बताए ।
‘तीन दिनमा रु १० लाखभन्दा बढी राजस्वक सङ्कलन हुने निश्चित जस्तै छ’ उनले भने। चैत महिनाको मासिक लक्ष्य ८९ लाख रहेको बताउँदै उनले यो महिनाको २८ दिनमा रु एक करोड १० लाख राजस्व सङ्कलन भएको रेग्मीले बताए ।
‘चोरीपैठारी नियन्त्रण तथा वयापारीलाई राजस्वको दायरामा ल्याएका कारण हामी लक्ष्य अगावै राजस्व उठाउन सफल भएका हौँ’, उनले भने, ‘पछिल्लोपटक पश्चिमी नाकामा राखिएका सिसिटिभी क्यामेराले पनि राजस्व वृद्धिमा सहयोग ग¥यो ।’
भारतीय सीमावर्ती बजारबाट भन्सार नतिरी सामान ल्याउने प्रवृत्तिलाई नियन्त्रण गर्दा राजस्वमा सुधार आउँदै गरेको उनको भनाइ छ ।
‘भारतबाट सामान ल्याउँदा घरका लागि, विवाह, व्रतबन्धका लागि हो भन्दै राजस्व नतिर्ने प्रवृत्ति रहेको छ’, रेग्मीले भने’, ‘यहाँका व्यापारी तथा नागरिकलाई करको दायरामा ल्याउन निकै सङ्घर्ष गर्नुप¥यो ।’ साइकलमा सामान ल्याउँदा भन्सार लिन पाइँदैन भनेर झगडा गर्न आउने गरेको उनले बताए ।
‘पछिल्लो समय राजस्व तिर्नुपर्दो रहेछ भन्ने चेतना बढेको छ’ उनले भने– ‘चालु आवभरि रु १३ करोडसम्म राजस्व सङ्कलन हुने रेग्मीको अनुमान छ ।’ उनका अनुसार कञ्चनपुर भन्सार कार्यालयमा पछिल्ला तीन वर्षमा राजस्व सङ्कलन दर तेब्बरले वृद्धि भएको छ ।
‘देशकै भन्सार कार्यालयमध्ये यो भन्सार १४÷१५औँ नम्बरमा पर्छ’, उनले भने, ‘यहाँको सबै पक्ष सुधार्नसके राजस्व वृद्धि तीव्र गतिले अघि बढ्छ ।’ भन्सार कार्यालयको भौतिक संरचनाका साथै अन्य पक्षमा पनि सुधार भइरहेको उनले बताए । रेग्मी कार्यालय प्रमुख भएर कञ्चनपुर आएपछि यहाँ कार्यालय भवन तथा स्टोर नयाँ बन्नुका साथै सवै भवन मर्मत सम्भारसमेत गरिएका छन् ।
अहिले भन्सार कार्यालयले मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरिरहेको छ । आव २०६९÷७० मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु तीन करोड ६३ लाख लिएको भन्सार कार्यालयले रु चार करोड २० लाख राजस्व सङ्कलन गरेको थियो ।
चौतर्फी खुला सिमानाका कारण भन्सार छलेर सामान भित्र्याउनेलाई पूर्णरुपले नियन्त्रण गर्न नसकिएको उनले बताए । यो नाका भएर कम्बल, कपास, लत्ताकपडा, दैनिक उपभोग्य सामान बढीमात्रामा आयात हुने गरेको छ । धानको भुस, गलँैचा, जडीबुटीलगायतका समान निर्यात हुने गरेको कार्यालयले जनाएको छ ।
‘वनबासा पुल कमजोर भएका कारण १० टन माथिका मालबाहक सवारी आवागमनको अनुमति छैन’ रेग्मीले भने महाकालीमा पक्की पुल बने यहाँको राजस्व देशका अन्य भन्सार नाका सरह सङ्कलन हुने उहाँको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: