Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

उत्तर कोरियाले अमेरिका ध्वस्त बनाउने संकेतपछि ट्रम्पको नयाँ रणनीति, सहयोग गर्ला चीनले ?

काठमाडौं, १४ वैशाख  । अमेरिकामा ट्रम्प प्रशासनले सिनेटका सबै एक सय सदस्यहरुलाई उत्तर कोरियाबाट उत्पन्न खतराबारे जानकारी गराउँदै प्योङ्गयाङ्गविरुद्ध उसले कुटनीतिक तथा आर्थिक प्रतिबन्धका माध्यमबाट दबाब दिने रणनीति बनाएको बताएको छ । उक्त रणनीतिको उद्देश्य उत्तर कोरियालाई ब्यालिष्टिक क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम छाड्न लगाउनु रहेको छ । चीनलाई उत्तर कोरियामाथि चर्को दबाब दिन लगाउनु सो रणनीतिको एक मुख्य पाटो हो । सिनेटर टेड क्रुजले चीनलाई समस्या समाधानमा सामेल गर्न सकिनेमा आफु सतर्कतापूर्वक आशावादी रहेको बताए। उत्तर कोरियालाई तरह लगाउने विषयमा चीनले मद्दत गरिरहेको प्रारम्भिक संकेत देखिएका बारे म सतर्कतापूर्वक आशावादी छ । मारा लागोमा भएको अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प तथा राष्ट्रपति सी बिचको भेट केही फलदायी भएको छ । हेरौं समयले बताउँछ कि चीन यसमा कत्तिको भरपर्दो साझेदार ठहरिन्छ । वाशिंगटनमा असामान्य तवरबाट अमेरिकी सिनेटका सबै एक सयजना सदस्यलाई बोलाई ह्वाइट हाउसमा उत्तर कोरियाबाट उत्पन्न खतराबारे छलफल गरिएको हो । यसअघि प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले दक्षिण कोरियामा आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिएको कामको बचाउ गरेका थिए । उत्तर कोरियाले ताजा अस्त्र परीक्षण गर्ने आशंकाका माझ कोरियाली प्रायद्विपमा तनाव बढेको छ। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जीम म्याटिस तथा नेशनल इन्टेलिजेन्सका डिरेक्टर ड्यान कोट्सले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले कोरियाली प्रायद्विपमा शान्तिपूर्ण परमाणु निरस्त्रीकरण एवं स्थायित्व चाहेको जनाएका छन् । सो लक्ष्य प्राप्त गर्न वार्ताका निम्ति तयार भएपनि आफु र आफ्ना साझेदारहरुको रक्षाका निम्ति अमेरिका तयार रहेको त्यसमा उल्लेख छ । राष्ट्रपतिले उत्तर कोरियालाई परमाणु अस्त्र तथा ब्यालिष्टिक क्षेप्यास्त्र निरस्त्रीकरण गर्नका निम्ति चर्को आर्थिक प्रतिबन्ध लगाउने तथा साझेदारहरुसंग मिलेर कुटनीतिक विधि अपनाउने वक्तव्यमा उल्लेख छ । एक पत्रकार बार्बरा प्लेट अशर भन्छिन् ‘उत्तर कोरियाले अस्त्र प्रविधिमा गरेको विस्तारबाट अमेरिकीहरु गहिरो ढंगले चिन्तित छन् । राष्ट्रपति ट्रम्पको पहिलो कार्यकाल सकिनु अगावै उत्तर कोरियाले अमेरिकामा मार हान्न सक्ने गरि परमाणु वारहेड बनाइसक्ने उनीहरुको चिन्ता छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies