Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नयाँ शक्ति र फोरम नेपालको निवेदन

\"\"काठमाडौ, १२ वैैशाख । निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एकल चुनाव चिह्न लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई भेटी ती दुवै दलका नेताले एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने सम्बन्धमा दुवै पक्षबीच भएको सम्झौतापत्रसहित निवेदन बुझाएका हुन् । सम्झौतापत्रमा सङ्घीय समाजवादी फोरम नेपालको नाममा दर्ता रहको एक हातले समातेको मसाल चुनाव चिह्नमा स्थानीय तहको आसन्न निर्वाचनमा सहभागी हुन मञ्जुर गरेको उल्लेख गरिएको छ । प्रारम्भमा मधेस केन्द्रित राजनीतिक गर्दै आएको फोरम नेपाल र नेकपा माओवादीको पृष्ठभूमि रहेका नेताहरु सम्मिलित दुवै पार्टीबीचको एकल निर्वाचनमा चुनावमा जाने तयारीलाई सबैले निकै चासोका साथ हेरिरहेका छन् । नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच हस्ताक्षर भएको उक्त सम्झौतापत्रमा एकल चुनाव चिह्नमा निर्वाचनमा सहभागी भए पनि उम्मेदवारको सम्बद्ध दलको पहिचान सुरक्षित गर्न सहमत रहेको व्यहोरा उल्लेख गरिएको छ । एकल चुनाव चिह्नमा उम्मेदवारी दिँदा चुनाव चिह्न दर्ता रहेको दल र उम्मेदवार सम्बद्ध दलका तर्फबाट निर्वाचन आयोगमा पठाइएको प्रमाणित हस्ताक्षरकर्ताको हस्ताक्षर प्रयोग गर्न पनि ती दुवै दलले मञ्जुरी जनाएका छन् । प्रत्येक निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्रका सम्बन्धित उम्मेदवारको छनौट आपसी सहमतिमा तयार गरिएको मापदण्डका आधारमा गरिने र सो उपर कुनै विवाद आएमा अन्तरपार्टी संयुक्त संयन्त्रमार्फत विवाद समाधान गर्न सहमत भएको उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ । आयोगमा निवेदन दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै संयोजक डा बाबुराम भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुरुप एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा साझा निर्वाचन चिह्न मसाल लिएर जाने सहमतिका साथ आयोगमा निवेदन दिन आएको बताए । सङ्घीय समाजवादी फोरम नेपालले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएको छ भने नयाँ शक्ति पार्टीको संसद्मा प्रतिनिधित्व नभएको कारण आगामी निर्वाचमा दलीय चुनाव चिह्न प्राप्त गर्न सकेको थिएन । आयोगका सचिव मैनालीले दुवै पार्टीबीच आगामी निर्वाचनमा एकल चुनाव चिह्नमा भाग लिनेसम्बन्धी सम्झौता र निवेदन प्राप्त भएको जानकारी दिनुभयो । एकल चिह्न विषयमा कानुन प्रावधानबारे छलफलका लागि प्रतिनिधि खटाउन पनि आयोगले दुवै दललाई आग्रह गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE