Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

'मौन प्रदर्शन'का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु

\"\"काराकास, १० बैशाख । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा विगत तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ । राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो । सरकार पक्षीय व्यक्तिहरुले प्रदशर्ननकारीहरुलाई हमला गरेको एक जना महिला पत्रकारले बताइन् । मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको कार्यकालपछि हालका केही हप्ता यता भेनेजुयलामा पहिलो पटक सडकमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुलाई विरोधका क्रममा जान चाहेको ठाँउमा प्रवेश गर्नबाट सुरक्षाकर्मीहरुले निषेध गर्ने र पछाडि हटाउने गरिरहेका छन् । पछिल्ला दिनमा भेनेजुयलाको प्रतिपक्षी दलले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । ती ठाँउहरुमा पनि प्रहरी तथा अन्य राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् । विपक्षी प्रदर्शनकारीहरु चर्चसँग नजिक भएको जस्तो देखिएको छ । शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । सेतो टि सर्टमा विषेश महत्वका साथ \'शान्ति\' लेखिएका पहिरनमा प्रदर्शनकारी विरोधमा उत्रिएका थिए । उनीहरुले सेतो फुलहरु, भेनेजुयलाको झण्डा आदि प्रदर्शनका बेला बोकेका थिए । प्रदर्शनकारीहरुले आफुहरु सरकारबाट नडराएको बताएका छन् । \'हामीले केही पाएका छैनौं, गुमाउन तयार छौं, सरकारले सवै कुरा लिईसकेको छ, हामी आत्मसम्मान सहितको जिन्दगी चाहन्छौं,\' एक जना प्रदर्शनकारीले बताए । भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना पनि भइरहेका बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies