Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

चुरे, तराइ–मधेस संरक्षण विकास समितिका पूर्व प्रवक्ता माओवादी केन्द्रमा प्रवेश

\"\"काठमाडौं, ६ वैशाख । नेपाल सरकार राष्ट्रपति चुरे, मधेस–तराइ संरक्षण समितिका पूर्व प्रवक्ता तथा कानुन व्यवसायी रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका– ५ ठुलो भार्कुका फुर्पा तामाङ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तामाङ संस्कृतिका अनुसन्धानकर्ता, बौद्ध संस्कृतिलार्इ नेपालको जैविक विविधता संरक्षणमा उपयोग गरी पर्यटन मार्फत मुलुकको आर्थिक विकासमा योगदान पुर्याउदै आएका रसुवा जिल्लामा स्थापित बुद्धिजीवी तामाङलाइ मंगलबार प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । चिलिमे जलविद्युत आयोजनाको सेयर जिल्लाबासीलाइ दिलाउने आन्दोलनको नेतृत्व गरेका तामाङ आदीबासी जनजाती आन्दोलनका अगुवा समेत हुन् । समाजशास्त्र र कानुन बिषयमा स्नातकोत्तर गरेका तामाङ विकास, राजनिति विश्लेषण, धर्म संस्कृति, आदिबासी जनजातीको अधिकार लगायतका विषयमा डेढ दशकदेखि क़लम चलाउँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व हुन् । उनको ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृति’ नामक पुस्तकले राष्टिय पुरस्कार पनि पाएको थियो । उनले पहिलो संविधानसभाको बिशेषज्ञ समुहबाट संविधान निर्माणका लागि प्राविधिक सहयोग समितिमा बसेर काम समेत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै तामाङले आफु कुनै पदीय महत्वकांक्षा राखेर माओवादी केन्द्रमा नआएको बताए । आफु लामो समयदेखी समावेशीकरणको राष्ट्रीय मुद्दामा बौद्दिक ढंगले लढीरहेको र पछिल्लो समय समावेशीकरण र जनजातीहरुको मुद्दा सम्बोधन गर्न माओवादी पार्टीले देखाएको उदारताका कारण माओवादी केन्द्रप्रति आकर्षित भएको उनले बताए । समावेशी र समानुपातिक सहभागितामुलक राज्य व्यवस्था माओवादी आन्दोलनको उपज भएकाले बैचारिक रुपमै माओवादी समावेशीकरणको मुद्दा सम्बोधन गर्ने राजनैतिक दल भएको प्रमाणित भएकाले आफु माओवादी केन्द्रमा प्रवेश गरेको तामाङको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE