Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

नयाँ शक्तिद्वारा उम्मेदवार सिफारिस (नामसहित)

\"\"भैरहवा, ५ वैशाख । नयाँ शक्ति पार्टी नेपाल, रुपन्देहीले जिल्लाका अधिकांश स्थानीय निकायहरुका प्रमुख तथा उप–प्रमुखहरुको नाम सिफारिस गरेको छ । आकांक्षीहरु धेरै देखिएपछि सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्न नसकेपनि पार्टीले विभिन्न नगरपालिका, उप–महानगरपालिका, गाउँपालिका लगायतबाट आकांक्षीहरुको नाम सिफारिस गरेको हो । जस अनुसार सिद्वार्थनगर नगर कमिटीले नगरको मेयर तथा उपमेयरमा भैरहवाका स्थापित नेता कैलाश गुरुङ, किस्मत वि.क. र संजय वजिमय लाई मेयरमा सिफारिस गरिएको छ भने उपमेयरमा दुर्गा वि.क., कमला मल्ल र रविना भण्डारीको नाम सिफारिस गरिएको छ । यीनै नामहरुबाट जिल्ला स्तरीय उम्मेदवार छनौट समितिले निर्णय गर्ने सि.न.पा. निर्वाचन परिचालन समिती संयोजक तथा केन्द्रिय परिषद सदस्य किस्मत वि.क.ले जानकारी दिए । जिल्लाको एकमात्र उप–महानगरपालिका बुटवलमा पनि नयाँ शक्तिका अांकाक्षीहरु धेरै देखिएपछि पार्टीको बुटवल उप–महानगरपालिकाको बैठकले नगर प्रमुखमा निर्दोश अली, बाबुराम पोखरेल, पंकज राई र ज्ञानेन्द्र थापाको नाम पठाएको छ भने उप–प्रमुखमा पुनम लिगल, कमला आचार्य, कविता रसाईली र नसरिन खानको नाम सिफारीस गरीएको छ । त्यस्तै, सैनामैना नगरपालिकामा मेयरको लागि शारदा घिमिरे, राम बहादुर कुंवर, तेज कुमार घिमिरे र हरी के.सी.को नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । उता सुद्धोधन गाँउपालिकाको प्रमुखमा श्याम ब. चौधरी र पदम वि.क.को नाम सिफारिस गरिएको छ भने कञ्चन गाँउपालिकामा शालिकराम पौडेल र सोमनाथ पौडेलको नाम सिफारिस गरिएको छ । त्यस्तै, रोहिणी गाउँपालिकाको प्रमुखमा जमिल अहमद, धनेश्वरी चौधरी, दिलिपमणी त्रिपाठी, सुनिल कौशल, मुस्ताक अहमदको नाम सिफारिस गरिएको छ भने ओमसतिया गाउँपालिकामा भिष्म के.सी., नजिर अलि, विरेन्द्र यादव र बब्लु चौधरीको नाम सिफारीस गरिएको जिल्ला संयोजक देवेन्द्र पाण्डेले बताए । १० गतेसम्म सबै गाँउपालिका, नगरपालिका प्रमुख, उप–प्रमुख र वडा अध्यक्ष तथा सदस्यको नाम सिफारिस भैसक्ने र ११ गते निर्णय गरी १२ गते घोषणा गरिने संयोजक पाण्डेले बताए । सिफारिस भएकै नाम मध्यबाट प्रमुख, उप–प्रमुख छानिने र १३ गते बाट सबै वडामा घरदैलो कार्यक्रम एकसाथ अगाडी बढाउने पार्टी केन्द्रिय परिषद सदस्य यज्ञ पोखरेलले बताए । यता नँया शक्ति सि.न.पा.ले भने घरदैलो र वडा कार्यालय सुरु गरिसकेको छ । सोमबार सि.न.पा. को ८ नं.वडाको वडा कार्यालय उद्घाटन पछि सोही वडामा र मंगलबार ९ नं वडामा घरदैलो गरिएको केन्द्रिय परिषद सदस्य किस्मत वि.क.ले बताए । उनले यो अभियान अब निरन्तर जारी रहने बताएका छन् । ‘नयाँ शक्तिले नयाँ शक्तिलाई मत किन ? भन्ने हाते पर्चासहित घरदैलो गरिरहेको छ । चाँडै सबै न.पा. र गा.पा.का घोषणा पत्र सार्वजनिक गरी प्रचार प्रसारलाई तिब्र पारिने छ,’ जिल्ला कार्यालय सचिव यादव प्रसाद आचार्यले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE