Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

भोटेकोशी गाउँपालिका व्यापारी कांग्रेस/एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश

\"\"काठमाडौं, ५ वैशाख । तातोपानी क्षेत्रका उद्योगी व्यवसायी तथा कांग्रेस एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा विभिन्न पार्टीमा आवद्ध तथा उद्योगी व्यवसायी करिब सय भन्दा बढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा व्यवसायीहरु राजकुमार पौड्याल, भीमसेन कार्की, मोहन कार्की, नेपाली कांग्रेसबाट दावा ताङ्वा तामाङ, ईश्वर कार्की, टेकबहादुर थापा, हरि कार्की, किरण खड्का, लोकबहादुर भण्डारी, सूर्य श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सुजन अधिकारी, सुजन भण्डारी, राजेन्द्र बहादुर पौड्याल, ज्ञानेन्द्र पौडेल, देवेन्द्र पौड्याल, नर्वु शेर्पा, तिलक रावत, सामाजिक अगुवाहरु जनक भण्डारी, रोमी कार्की, रबिन्द्र पौड्याल, गौतम पौड्याल, नेत्र पौड्याल, निमा शेर्पा, छिरिङ शेर्पा, साङ्वो लामा, आशा गुरुङ रहेका छन् । यसै गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा तेन्जुङ शेर्पा, कस्र्याङ नुर्वु शेर्पा, दावा शेर्पा, पेमा तामाङ, सुब्बा लामा, छिरिङ शेर्पा, तेङ्वा लामा, दाङ्वे तामाङ, निङ्वे तामाङ, चेङा तामाङ, रोनिश रोक्का, इन्द्र कार्की, विकास रिजाल, जेकी लामा, दावा शेर्पा, दावुडी शेर्पा लामा र नयाँ शक्तिबाट साङ्वे शेर्पा छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको व्यवस्था माओवादी केन्द्रको उपहार भएको बताए । प्रचण्डले भने– ‘कतिपयले बसी वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर, यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार हो । तपाईहरु यही उपहार लिएर जनताको घरदैलोमा जानुहोस् र माओवादी केन्द्रलाई विजयी गराउनुहोस् ।’ \"\" कार्यक्रममा प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउने बारे चीनिँया राष्ट्रपतिसँग गम्भीर रुपमा कुराकानी भएको र चीनिँया राष्ट्रपतिले समेत नाका खुलाउन व्यक्तिगत रुपमै चासो दिएको बताए । पार्टी प्रवेश कार्यक्रममा व्यवसायी एवं समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताए । व्यवसायी पाैडेल ताताेपानी क्षेत्रमा कहलिएमा व्यापारी हुन् । उनी ट्रक कन्टेनर संघका पूर्व अध्यक्षसमेत हुन् । उनले यसअघि पनि विभिन्न तरिकाले माओवादीलाई सहयोग गर्दै आइरहेका थिए । भोटेकोशी गाउँपालिकामा माओवादी केन्द्रले पौडेललाई उठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE