Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

\"\"म्याग्दी, ५ वैशाख । दुई वर्षअघिको विनाशकारी भूकम्पले म्याग्दीको शिख माविको भवन चिराचिरा परेर भत्कने अवस्थामा पुगेपछि महिनौँसम्म पठनपाठन प्रभावित भयो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालयले चार कोठे भवन निर्माणका लागि गत आवमा रु ३२ लाख अनुदान उपलब्ध गरायो । तर, शिखवासीले त्यसको तीन गुणाभन्दा बढी रु एक करोड ४० लाख सहयोग जुटाएर चार कोठेको सट्टा छ कोठे पक्की भवन निर्माण गरेका छन् । शिक्षा कार्यालयको अतिरिक्त सांसद विकास कोषबाट रु १० लाख, साविकको शिख गाविसबाट रु आठ लाख ५० हजार र बाँकी स्थानीयबाट सहयोग जुटाएको सहयोग सङ्कलन अभियानका संयोजक बलबहादुर पुनले जानकारी दिए । उनका अनुसार विद्यालय निर्माणका लागि बेलायतको शिख्तानी समाजबाट रु २० लाख ५४ हजार, शिख्तानी समाज हङकङबाट रु १५ लाख १५ हजार, पोखरा, काठमाडौँ र शिखका स्थानीयबाट रु २० लाख ७२ हजार, विद्यालय हितकोषबाट रु छ लाख ७४ हजार, अमेरिका जापान, अस्टे«लिया, सिङ्गापुरबाट रु आठ लाख १८ हजार र नमस्ते इन्फान्टस् डी हिमालय फ्रान्सबाट रु १६ लाख छ हजार प्राप्त भएको हो । “यहाँको समस्याका बारे सबैलाई जानकारी गराएपछि स्वतःफुर्तरुपमा सहयोग प्राप्त भएको हो”, संयोजक पुनले भन्नुभयोे । सो भवन भूकम्प प्रतिरोधी क्षमताको भएको प्रअ जगदीश आचार्यले बताए । “स्थानीयबाट सहयोग प्राप्त नभएको भए सरकारले दिएको चार कोठे भवन पनि निर्माण सम्भव थिएन्”, प्रअ आचार्यले भने, “स्वदेश तथा देशका विभिन्न ठाउँमा बस्ने स्थानीयले खुलेर सहयोग गरेका छन् ।” विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय हितकोष सुरु गरिएकाले त्यसलाई थप प्रभावकारी बनाउन बचत रकमले सहयोग प्रअ आचार्यले बताए । विसं २०११ मा स्थापना भएको विद्यालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । सुविधा सम्पन्न छ कोठे भवन बनेपछि जोखिम मोलेर टहरामा अध्ययन गर्ने बाध्यता सधैँका लागि अन्त्य भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE