Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

उद्योगीहरुलाई के भने प्रधानमन्त्रीले ? (सम्बोधनको पूर्णपाठसहित)

\"\"काठमाडाैं, २८ चैत । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने बताएका छन् । आज बिहान काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५१ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने बताए । उनले संघीय प्रणालीमा सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सोभन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्नु पर्ने प्रकृयागत झन्झट कम गर्न सरकार सचेत भएर काम गर्ने विश्वाससमेत दिलाए । प्रधानमन्त्रीले आफू नेतृत्वमा सरकार बने पछि आर्थिक परिसूचकहरु सकारात्मक दिशामा अघि बढेको, उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको, देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भइसकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडि बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडि वढाइएको जानकारी दिए । पढ्नुहोस् सम्बोधनको पूर्ण पाठ सर्वप्रथम, महासंघको वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०७३ को अवसरमा सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरुमा हार्दिक बधाइ तथा कार्यक्रमको सफलताको शुभकामनाका साथै तपाईंहरुको व्यावसायिक सफलताको कामना गर्दछु । मुलुकभरबाट भेला हुनु भएका उद्यमी व्यवसायी मित्रहरुमा मुलुकको आर्थिक समृद्धिमा तपाईहरुको क्रियाशीलता अझ बढ्न सकोस भन्ने शुभकामना समेत दिन चाहन्छु । महासंघले आफ्नो स्थापनाका दिन अर्थात चैत्र २८ को दिनलाई प्रत्येक वर्ष मुलुकभर उद्योग वाणिज्य दिवसको रुपमा मनाउन थालेको जानकारी मैले पाएको छु । यो दिन तपाईहरुका लागि त अत्यन्त महत्वपूर्ण दिनको रुपमा रहेकै छ, सरकारले समेत यस दिवसलाई औपचारिकता दिएको कुरा यहाहरुमा अवगतै छ । यस अवसरमा म मुलुकका विभिन्न भागमा रही आफ्नो उद्यम व्यवसाय मार्फत् गरी राष्ट्रको अर्थतन्त्रमा योगदान दिइरहनु भएका तपाईं उद्यमी व्यवसायी, शिल्पकार, कालीगढ सबै सबैमा हृदयदेखि नै सम्मान गर्दछु । आर्थिक सम्वृद्धि मार्फत् राष्ट्र निर्माणमा तपाईंहरुको योगदानको अझ बढी खाँचो छ । तपाईहरु कत्ति पनि विचलित नभइ निरन्तर अगाडी बढ्नुहोस मेरो शुभकामना छ । उपस्थित उद्योगी व्यवसायी मित्रहरु, आर्थिक सम्वृद्धिको व्यवस्थापन नेपालको सन्दर्भमा मिश्रित अनुभव हो । तथ्यांकीय आधारलाई हेर्ने हो भने म्यानुफ्याक्चरिङ्ग क्षेत्रले वस्तुको निर्यात विस्तारमा अपेक्षाकृत प्रभाव राख्न सकेको देखिदैन, सेवा क्षेत्र शहरी क्षेत्रमा विकास र विस्तार भइरहेको संकेत देखिइरहेको छ । सेवा क्षेत्र नै आर्थिक विकासका क्रियाकलापको सन्तुलन बनाउन सफल रहेको पाइन्छ । अब, ग्रामीण क्षेत्रमा सम्वृद्धि ल्याउन Economic landscape मा रुपान्तरण गर्नु जरुरी छ । प्रविधिको उच्चतम प्रयोग, कृषि, वन र उर्जामा लगानी वृद्धि गरी आर्थिक क्रियाकलापमा मानवीय संशाधनको अधिकतम परिचालन गर्न सकेको खण्डमा आर्थिक सम्वृद्धि प्राप्त गर्न सकिन्छ । यस दिशामा महासंघको यस साधारण सभामा घनीभूत छलफल हुन सकोस् मेरो आग्रह छ । यहाँहरुलाई जानकारी नै छ वर्तमान सरकार गठन भएको छोटो अवधिमा मुलुकका आर्थिक परिसूचकहरु सकारात्मक दिशातर्फ अगाडी बढेका छन् । उद्योग व्यवसायको प्रवद्र्धन र सर्वसाधारणको सुविधाका लागि उपलब्ध विद्युतको कुशल व्यवस्थापन गर्दै लोडसेडिङ क्रमशः अन्त्य गर्दै लगिएको छ । देशमा लगानीको वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्र सम्बन्धी कानून तर्जुमा गरिएको, वित्तीय क्षेत्रको सुदृढीकरण गर्न वाफिया सम्वन्धी ऐन पारित भई सकेको, मुलुकका राष्ट्रिय गौरवका आयोजनाहरुलाई तीव्र गतिमा अगाडी बढाइएको, रुग्ण उद्योगलाई पुनस्र्थापना गर्ने र लगानीका लागि अवरोधका रुपमा रहेका प्रशासनिक हडलहरु हटाउने लगायत थुप्रै कार्यहरु अगाडी वढाइएको छ । यी सबै विषयहरु निजी क्षेत्रका लागि त खुशीको विषय हुँदैं हुन् यसबाट मुलुकको औद्योगिक विकास र आर्थिक सम्वद्धिमा समेत सकारात्मक योगदान पुग्ने विषय हुन भन्ने मलाई लाग्दछ । यस साधारण सभाले उद्योग व्यवसायका लागि उपरोक्त सकारात्मक विषयहरुको उपयोगका साथ मुलुकको बढ्दो व्यापार घाटाको हालको अवस्थाको न्यूनीकरण गर्दै मुलुकको आवश्यकता अनुरुप लगानी, उत्पादन र रोजगारीको दिशामा अगाडी बढ्ने विषयमा बहस र छलफल केन्द्रीत गर्न सकोस् । पछिल्लो समय मुलुकका विभिन्न संस्थाका साधारण सभाहरुमा नीति कार्यक्रम भन्दा नेतृत्व कसले लिने भन्ने विषयमा बढी समय खर्चिने गरेको परम्परालाई महासंघले क्रमभंग गर्न सकोस् र नेपालको अर्थतन्त्रमा सार्वजनिक क्षेत्रको उत्तरदायित्व र जिम्मेवारीको भावना र निजी क्षेत्रको व्यवस्थापकीय कार्यकुशलता बीच फ्यूजन गरी आर्थिक सम्वृद्धि मार्फत् सरकारको दिगो विकासको लक्ष्य हासिल गर्ने कार्यमा परिपूरकको भूमिका निर्वाह गर्न अग्रसरता लिन सकोस् । यो अहिलेको महत्वपूर्ण आवश्यकता पनि हो । यसका साथै मुलुक संघात्मक संरचनामा गइसकेको सन्दर्भमा देशभित्रको व्यापार र लगानीमा यसबाट के कस्तो असर पर्ने हो ? सरकारका तीनै तहले कर लगाउन सक्ने अधिकारको कारणबाट उद्योग व्यवसायले दोहोरो तेहेरो कर तिर्न पर्ने त होइन ? सरकारका तहहरु बीच जिम्मेवारीको बाँडफाडले उद्योग व्यवसाय गर्ने काम झन् झन्झटपूर्ण हुने त होइन ? भन्ने चासो र चिन्ता हुन सक्छ । मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि निर्यात व्यापारमा सून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुक भित्रै वस्तु, सेवा र पूजीको आवतजावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने कुराको प्रत्याभूति नेपालको संविधानले गरेको सन्दर्भमा कर प्रणाली तर्जुमा र कार्यान्वयन सोही किसिमले गर्ने कुरामा यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु । सरकारका तहबीच दोहोरो कर नलाग्ने र जिम्मेवारीको बाँडफाँडका कारणले दुई वा सो भन्दा बढी तहमा उद्योगी व्यवसायीले व्यहोर्न पर्ने प्रकृयागत झन्झट कम गर्न पनि सरकार सचेत भएर काम गर्ने विश्वास दिलाउन चाहन्छु । नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधानको प्रावधान अनुरुप वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष रहेको सन्दर्भमा मैले आगामी नेतृत्वका लागि हालकी वरिष्ठ उपाध्यक्ष श्री भवानी राणाजीलाई अग्रीम बधाई दिन चाहन्छु । नेपालको राष्टप्रमुख, प्रधान न्यायधिश र सभामुख जस्ता महत्वपूर्ण स्थानमा महिला रहेको सन्दर्भमा निजी क्षेत्रको महत्वपूर्ण संस्थाको प्रमुख पदमा महिला पुग्नुले नेपाली महिलाहरुको सामथ्र्य र नेतृत्वदायी भूमिकाको उजागर गर्दछ । । तपाइका अगाडी विकासोन्मुख मुलुकका निजी क्षेत्रलाई सरकारको संरक्षकत्व मात्र खोज्ने भनी यदाकदा लाग्ने गरेको आरोपलाई चिर्दै प्रतिष्पर्धा, आफ्नो उद्यमशीलता र नवप्रवत्र्तन मार्फत् Export led economic Growth लाई अगाडी बढाइ Private sector is engine of growth हो भन्ने कुरा व्यवहारमा पुष्टि गर्ने अवसर छ । तपाई सामाजिक उत्तरदायित्व वहन गर्दै यस कार्यमा खरो रुपमा उत्रिनु हुनेछ भन्ने विश्वासका साथ यसका लागि सरकारको तर्फबाट सहजकारी भूमिका निर्वाह गर्न कार्यमा कुनै कसर बाँकी राखिने छैन । कि मुलुकको आर्थिक सम्वृद्धि मार्फत् जनताको हित बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन । व्यवसायी मित्रहरु, अहिले देश पूरै स्थानीय तहको निर्वाचनमा होमिइसकेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा आ आफ्नो तह र तप्काबाट हरतरहले सहयोग गर्न तपाइ निजी क्षेत्रका प्रवुद्ध महानुभावहरुमा विशेष आग्रह गर्न चाहन्छु । अन्त्यमा, आज सम्मानित हुनु भएका व्यक्तित्वहरुलाई बधाइ दिदै चुनौतिपूर्ण राजनीतिक परिस्थितिमा सरकार र निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय चुनौतिहरुको सामना गर्ने र चुनौतिलाई अवसरमा वदल्न यहाँहरुको सकारात्मक सद्भाव र सहयोगको अपेक्षा सहित नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE