चैत्र २८ गते, २०७३ सोमवार 10th April, 2017 Mon११:३९:४५ मा प्रकाशित
इजिप्ट, २८ चैत । कप्टिक गिर्जाघरहरुमा भएका आक्रमणपछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल(सीसीले देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन् ।
उक्त निर्णयसँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ ।
आइतबार राजधानी कायरो नजिकै रहेको गिर्जाघरमा भएको पहिलो विस्फोटनमा कम्तीमा २७ जना मारिएका थिए र एलेक्जेण्ड्रियाको एउटा क्याथीड्रलमा गराइएको अर्को विस्फोटनमा कम्तीमा १६ जनाले ज्यान गुमाएका थिए ।
ुपाम सन्डेु भन्ने चाड मनाउन भेला भएका ईसाईहरुलाई लक्षित गरि गराइएका ती विस्फोटनको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ ।
विस्फोटनहरुबारे राष्ट्रिय सुरक्षा परिषदको बैठकमा छलफल गरेपछि आफ्नो कार्यलयबाट गरेको सम्बोधनमा राष्ट्रपति सीसीले आफू पछि नहट्ने प्रष्ट पारे ।
उनले जिहादी विरुद्धको युद्ध लामो र पीडादायी हुने भन्दै सबै कानूनी र संवैधानिक प्रकिया पूरा गरेर संकटकाल कार्यान्वयनमा आउने जनाए ।
संसदमा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसदले अनुमोदन गरेपछि संकटकाल कार्यान्वयनमा आउनेछ । यसअघि उनले महत्वपूर्ण र अत्यावश्यक संरचनाको सुरक्षाको जिम्मेवारी दिएर देशभर सेना परिचालन गर्ने आदेश दिएका थिए ।
संकटकालको कार्यान्वयनसँगै अधिकारीहरुले विना पूर्जी मानिसहरुलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् ।
जेरुसलेममा जिसस क्राइस्ट प्रवेश गरेको पवित्र दिनका रुपमा मनाइने पाम सन्डेको अवसरमा विभिन्न समारोहहरु भइरहँदा टान्टा र एलेक्जेण्ड्रियास्थित गिर्जाघरमा आइतबार विस्फोटन गराइएका थिए ।
इस्लामिक स्टेट समूहले आफ्ना दुई आत्मघाती हमलाकारीले सो विस्फोटन गराएको बताएको छ ।
ईसाई धर्मगुरु पोप फ्रान्सिसले कुल जनसंख्याको १० प्रतिशत ईसाई रहेको इजिप्टको भ्रमण गर्नु केही साता पहिले पछिल्लो हमला भएको हो।
बीबीसीका अरब मामिला सम्पादक सेबास्टियन असर भन्छन्, इजिप्टका ईसाईहरुले आफूलाई अल्पसंख्यक र जोखिममा रहेका समुदायका रुपमा ठान्ने गरेका छन् र बढ्दो जिहादी उग्रवादले इजिप्टमा हालैका वर्षहरुमा सर्वसाधारणमा असुरक्षा निकै बढाएको छ ।
राष्ट्रपति सीसीको पछिल्लो कदमले अधिकारवादी समूहलाई थप चिन्तित बनाउने विश्लेषण गरिएको छ ।
पूर्व सेना प्रमुख रहेका उनले इजिप्टमा दशौँ हजार विपक्षीलाई गिरफ्तार गरेर यातना दिएको र नागरिक तथा राजनीतिक अधिकार कुन्ठित गरेको आरोप खेपिरहेका छन् । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: