Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

श्रीमान म्यादी प्रहरीमा भर्ना हुन जाँदा, श्रीमतिले आत्महत्या गरेपछि...

\"\"तेह्रथुम, २८ चैत । प्रहरी र स्थानीयबीच शुक्रबार बेलुकी झडप भएपछि आठराई गाउँपालिकास्थित सक्रान्ति बजारको जनजीवन प्रभावित भएको छ । शनिवार असुरक्षित हुने भन्दै अधिकांश व्यवसायीले उद्योग व्यवसाय, पसल र यातायात ठप्प पारेका छन् । गत चैत १७ गते आठराई गाउँपालिका–१, सक्रान्तिबजार–३ की सरिता तामाङ घरैमा झुण्डिएको अवस्थामा फेला परेपछि उनको हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग राखी माइती पक्ष र स्थानीयले आन्दोलन गरेका थिए । आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले अश्रु ग्याँस र लाठी चार्ज गरेको थियो । सोही घटनालाई लिएर स्थानीय त्रसित भएका हुन् । प्रत्येक शनिवार सक्रान्तिबजारमा ठूलो बजार लाग्ने गथ्र्यो तर उक्त बजारसमेत असुरक्षाको कारण देखाउदै आज प्रभावित भएको उद्योग वाणिज्य संघ संक्रान्ति बजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । उक्त झडपका क्रममा सवारी चालक माथि प्रहरीले कुटपिट गरेको भन्दै चालक र व्यवसायीले आज यातायात सेवा ठप्प पारे । बन्दका कारण आठराईबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौ सवारी साधन सञ्चालनमा आएनन् । निर्दोष चालक माथि भएको कुटपिटको छानबिन र सवारी साधनको सुरक्षाको प्रत्याभूत नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने कञ्चनजंगा यातायात संक्रान्तिबजार काउन्टरका इन्चार्ज राजेन्द्र लिम्बुले चेतावनी दिए । यता, इलाका प्रहरी कार्यालय प्रमुख निरीक्षक डम्बर पुरीले सुरक्षाको अवस्था सबै सामान्य भएको बताए । उनले बजार र यातायात बन्द गर्नुपर्ने गरि असुरक्षाको अवस्था नरहेको बताए । प्रहरीले शुक्रबार पक्राउ गरेका सागर थिंलाबु, चन्द्र तामाङ, खड्ग कटुवाल, नरेन्द्र सम्बाहाम्फे, विनोद तामाङ र डम्वर तामाङलाई आज रिहा गरेको छ । विभिन्न राजनीतिक दल लगायतको सर्वदलीय छलफल पश्चात अब उपरान्त अनैतिक गतिविधि नगर्ने शर्तमा रिहा गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए । घटना यसरी भएको थियो इलाम नगरपालिका–३ माइतीघर भएकी १८ वर्षे सरिता चैत १६ गते दिउँसोबाटै हराएकी परिवारको भनाइ छ । उनलाई १७ गते घरको माथिल्लो तलामा घुँडा खुम्च्याएर झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको स्थलगत मुचुल्का गरी पोष्टमार्टम समेत गरेर सरिताको शवको दाहसंस्कार समेत भइसकेको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । सरिताको ११ महिनाको बच्चा छ । सो दिन उनका श्रीमान् कुलबहादुर तामाङ भने म्यादी प्रहरीमा भर्ती हुन सदरमुकाम म्याङलुङ्ग गएका थिए । घरमा रहेका सासु, ससुरा र नन्दले सरिताले आत्महत्या गरेको बताएपनि स्थानीयबासी, महिला अधिकारकर्मी, नागरिक समाज र माइती पक्षले भने सरिताले आत्महत्या गरेको नभई हत्या भएको आशंका गर्दै चैत २० गते नै प्रहरीमा किटानी जाहेरी गरेका थिए । उजुरीपछि प्रहरीले दोषीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाउनुको सट्टा परिवारसँग मिलेर कारबाही प्रक्रियालाई आलटाल गरेको स्थानीयको आरोप छ ।नयाँपत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE