Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

प्रचण्डको जवाफः एनसेलको विषयमा कुनै निर्णय भएको छैन्

\"\"काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद बिक्रीका क्रममा उठाउनुपर्ने करबारे मन्त्रिपरिषदमा कुनै निर्णय नभएको बताएका छन् । एनसेल खरिद बिक्रिमा कर छली भएको भन्ने सम्बन्धमा जवाफ दिन संसदको सार्वजनिक लेखा समिति पुगेका प्रधानमन्त्रीले राज्यले उठाउने करमा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री कार्यालयमा एनसेलको अहिलेको कम्पनी आजियाटाले पुरानो कम्पनीबाट उठाइयोस भनेर निवेदन दिएको भन्दै उनले भने, ‘मन्त्रिपरिषदमा मौखिक रुपमा छलफल मात्र भएको हो, लिखित प्रस्ताव पुगेको भन्ने प्रचारमा कुनै सत्यता छै ।’ उनले क्रेताबाट नभइ बिक्रेताबाट लाभकर उठाउने सरकारले प्रयास मात्र गरिएको पनि स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले क्रेता बिक्रेता दुबैलाई राखेर लाभकर कसले तिर्ने भन्ने बारे छलफल गरी टुंगोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । विक्रेताबाट तिर्नुपर्ने कर क्रेताबाट तिर्नुपर्ने भन्ने पत्र आएकाले विषयको गम्भिरताबारे मन्त्रीपरिषदमा छलफल भएको बताए । सो प्रकरणमा सरकारको संलग्नता देखिएको भन्दै समितिले छलफलका लागि प्रधानमन्त्रीलाइ बोलाएको थियो । सो क्रममा उहाँले सम्भव भएसम्म क्रेता र विक्रेता दुबैलाई बोलाएर छलफल गर्नुपर्ने तर त्यसो नभएपनि एनसेल यही भएकोले कर असुल्न समस्या नहुने प्रचण्डको भनाई छ । नेपालमा लगानी भित्र्याउन विभिन्न सम्मेलन हुदै गर्दा यस्तो विषयमा चाडै निर्णय नगर्दा नकारात्मक असर पर्नेतर्फ समेत सचेत हुनुपर्ने उनको भनाई थियो । यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसँगै त्यसको जवाफ माग गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE