Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

समानान्तर कमिटि घोषणा गर्दै तीन नेताले भने-एमालेले हारे ओली जिम्मेवार

\"\"काठमाडौं, २७ चैत । आउँदो बैशाख ३१ गते हुने स्थानीय चुनाव नजिकिदै गर्दा नेकपा एमालेमा समानान्तर कमिटि बनेको छ । एमालेमा गुटगत राजनीति अन्त्य भएको बताइरहँदा नेता माधबकुमार नेपाल पक्षले छुट्टै भेलाको आयोजना गरेका छन् । नेपाल पक्षले बसन्त मानन्धरको नेतृत्वको ३८ सदस्यीय काठमाडौं समानान्तर कमिटी घोषणा गरेको हो । यसअघि नै ओली पक्षको भने कृष्ण राई अध्यक्ष रहेका छन् । काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरले अध्यक्षता गरेको समानान्तर भेला आइतवार आज नयाँबजारस्थित नेपा बैंक्वेटमा भएको हो । भेलामा नेताहरु झलनाथ खनाल, माधव नेपाल र पार्टी सचिव योगेश भट्टराई लगायतले सम्बोधन गरेका थिए भने करिब ४ सयको हाराहारीमा उपस्थित भएका थिए ।

चुनावको मुखैमा एमालेमा समानान्तर समिति

पार्टी अध्यक्ष केपी ओली पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै खनाल र नेपालले बिधिसम्मत पार्टी सञ्चालन गर्नुपर्ने बताए । खनाल, नेपाल र भट्टराईले चाँडै पार्टीको स्थायी कमिटीले यो विषय हल गर्ने भन्दै बिधिको लडाईमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाएका छन् । नेपालले भने रहरमा नभएर बाध्यताका कारण काठमाडौंमा समानान्तर समिति बनाएको बताएका छन् । घुमाउरो शैलीमा नेपालले अध्यक्ष केपी ओलीलाई भने ‘हामी कुनै आत्मसमर्पण गर्दैनौं ।’ एमालेले चुनाव हारे त्यसको जिम्मेवार ओलीले लिनुपर्ने नेपालले भेलालाई सम्बोधन गर्दै भने ।’ भट्टराईंले एकलौटी जिल्ला कमिटी भएको ठाउँमा एकलौटी ढंगले उम्मेदवार सिफारिस भएमा चितवनमा ओली पक्षको कसैलाई पनि सिफारिस नगर्ने चेतावनी दिए । नवौं महाधिवेशनको म्याण्डेट अब उल्टिसकेको उनले बताए । काठमाडौंमा एमलेको पहिलाको जस्तो किल्ला नरहेको भन्दै यो पटकको चुनावमा जेपनि हुनसक्ने बताएका छन् । हरेक दुई बर्षमा हुनु पर्ने जिल्ला सम्मेलन ७ बर्ष सम्म पनि नगरेपछि काठमाडौं जिल्लामा विवाद चुलिएको थियो । विवादे झन्–झन् उग्र रुप लिदैं गएपछि एमालेले काशिनाथ अधिकारीको नेतृत्वमा अरुण नेपाल र केदार न्यौपाने गरि ३ सदस्य विवाद समाधान गर्ने कमिटी बनाएको थियो । तर उक्त समाधान समितिले पनि विवादलाई साम्य बनाउने सकोन । काठमाडौंमा एमाले यो विवाद अहिले देखिको होईन् । यो विवाद ७ बर्षअघि देखिको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE