Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सिरिया हमलापछि कोरियाको समुद्रमा पुग्यो अमेरिकाको युद्ध जहाज

\"\"वासिङटन, २७ चैत । अमेरिकी सेनाले युद्धका जहाजहरु पठाउन शुरु गरेको छ । उत्तर कोरियाले परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइराख्दा अमेरिकी सेनाले युद्ध जहाजहरु कोरियन पेनिनसुलामा पठाउन निर्देशन दिएको हो । कार्ल भिजन स्ट्राइक ग्रुप नामक युद्ध जहाजहरुको समूहमा एउटा विमान बोक्ने जहाजसहित अन्य युद्ध जहाजहरु रहेका छन् । अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले त्यस क्षेत्रमा आउनसक्ने स्थितिको तयारीको लागि जहाजहरु पठाइएको बताएको छ । यअसघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीसँग अमेरिका एक्लै भिड्न सक्षम रहेको बताएका थिए । ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको उत्तर कोरिया नै रहेको छ । अनुत्तरदायी परमाणु कार्यक्रम र क्षेप्यास्त्र परिक्षणले उत्तर कोरिया ठूलो चुनौती बनेको छ,’ अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका प्रवक्ता डेभ बेनहामले भने । युद्ध जहाजहरुको समूह यसअघि अस्ट्रेलियामा पुग्ने बताइएपनि सिंगापुरबाट त्यसको दिशा परिवर्तन गरेर पश्चिमी प्रशान्त क्षेत्रमा पठाइएको छ । ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङको भेटको पूर्वसन्ध्या बुधबार मात्र उत्तरले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले भने सिरियामा अमेरिकी आक्रमणले आफूहरुले परमाणु कार्यक्रमलाई अघि बढाउनु सही भएको पुष्टि गरेको बताएको छ । उत्तरको राष्ट्रिय मिडियाले शुक्रबार एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै सिरियामाथि भएको अमेरिकी आक्रमणको निन्दा गरेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies