Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

नयाँ शक्तिले चुनाव सम्बन्धी यस्तो बनायो कार्ययोजना

\"\"काठमाडौं, २३ चैत । नयाँ शक्ति पार्टी नेपालले निर्वाचन सम्बन्धि कार्ययोजना तयार पारित भएको छ । उक्त कार्ययोजना पार्टीको दोस्रो पूर्ण बैठकले पारित गरेको हो । नयाँ शक्तिले स्वतन्त्र, निष्पक्ष, धा“धलीरहित र सबैलाई सहभागी गराउने निर्वाचन चाहेको बताएको छ ।, नयाँ शक्ति पार्टी निर्वाचनप्रति प्रतिबद्ध रहेको जनाएको छ । तर सरकार र केही राजनीतिक दलहरु निर्वाचनप्रति गम्भीर नदेखिएको आरोपसमेत लगाएको छ । समयमै निर्वाचन गर्न निर्वाचनको वातावरण बनाउन आग्रह गरेको । यसैका लागि ७ ब“ुदे शर्तसहित निर्वाचनको वातावरण बनाउन माग गरेका छ ।
  • हामीले पटक पटक भन्दै आएका छौं कि निर्वाचनका लागि आन्दोलनरत पक्षहरुलाई समेटौं । मूलतः मधेशी, थारु र आदिवासी जनजातिहरु संविधानस“ग असन्तुष्ट छन् । उनीहरुका मागहरु सुनौं । सहमति गरौं । उनीहरुले संविधान संशोधनबाट आफ्नो मागहरुको सम्बोधन चाहेका छन् । त्यसैले सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । त्यसमा आवश्यक परिमार्जन सहित संविधान संशोधनको बिषयलाई टुंग्याउनु निर्वाचनको पहिलो शर्त हो ।
  •  विगत आन्दोलनहरुको महत्वपूर्ण उपलब्धी राज्य पुनर्संरचना नै हो । यसलाई संविधानले स्वीकार गरिसकेको छ । सरकारले स्थानीय तहको संख्या र सीमाना त टुंग्याएको छ । तर यसमा पनि केही असन्तुष्टिहरु देखिन्छन् । त्यो कुरा पहिले हल गर्नुपर्छ । त्यसभन्दा अघि संविधानमा व्यवस्था भएको अल्पसंख्यक समुदायको निम्ति स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सीमांकन गरिनुपर्दछ, जुन वालानन्द आयोगले गरेको छैन । यही अवस्थामा निर्वाचनमा जानु संविधानको धारा २९५ को उपधारा ३ को भावना विपरित छ ।
  •  हामीले प्रभावकारी र निष्पक्ष निर्वाचनका लागि सबै राजनीतिक दल र शक्तिहरुको प्रतिनिधित्व रहेको सर्वपक्षीय सरकार आवश्यक ठानेका छौं । सबैलाई थाहा छ अहिले सरकारमा रहेका दलहरुको विश्वसनियता कमजोर छ । उनीहरु सत्ता र पार्टी स्वार्थमा अल्झिएका छन् । विभिन्न भ्रष्टाचारजन्य गतिविधिमा संलग्न छन् । सरकारी दलहरु र प्रमुख प्रतिपक्षीबीचको सिण्डिकेटले निर्वाचनको निष्पक्षता कायम राख्न सक्दैन । उनीहरुले राष्ट्रिय एकताको निर्वाचन गर्ने तागत राख्दैनन् । त्यसैले सर्वदलीय/सर्वपक्षीय सरकार जरुरी छ । त्यस्तो सरकारले मात्रै निर्वाचनमार्फत राष्ट्रिय एकता निर्माणको पहल लिन सक्छ भन्ने हाम्रो ठहर छ ।
  • हामी निर्वाचनको पुरानो विकृत र खर्चिलो परम्पराको अन्त्य चाहन्छौं । त्यसैले हामीले शुद्ध निर्वाचनको विषय उठाएका हौं । यसका लागि निर्वाचनमा हुने भ्रष्टाचारको अन्त्य हुनुपर्छ । महंगो निर्वाचनले लोकतन्त्रलाई नै विकृत र भद्दा बनाउ“दै छ । यति ठूलो राजनीतिक परिवर्तनपछि हुने निर्वाचनलाई शालीन, स्वच्छ र जिम्मेवारीपूर्ण बनाउन सक्नुपर्छ । यसका लागि पुरानो निर्वाचन संस्कृति फेर्नुपर्छ । बलियो अनुगमन, आचारसंहिताको पालना र निश्चित मापदण्डअनुरुप निर्वाचन खर्च राज्यले नै व्यहोर्ने विधिको विकास गर्नुपर्छ । अनि मात्र स्वच्छ र प्रभावकारी निर्वाचन हुन्छ ।
  •  हामीले संघ (केन्द्र)–प्रदेश–स्थानीय तहको अन्तरसम्बन्ध, निर्वाचन खर्च र समय सीमालाई विचार गरेर एकैपटक तीनवटै निर्वाचन गरौं भनेका हौं । वास्तविक संघीयतामा केन्द्र मातहत प्रदेश र प्रदेश मातहत स्थानीय तह हुने सर्वस्वीकृत विधिको पालना गर्नैपर्दछ । त्यस्तै सबैलाई थाहा छ एउटा निर्वाचन गर्न प्रत्यक्ष, अप्रत्यक्ष २० अर्ब रुपिया“ भन्दा धेरै खर्च हुन्छ । अतः यो खर्च कम गर्न र आगामी २०७४ माघ ७ गते सम्ममा सबै निर्वाचन गरिसक्नु पर्ने संवैधानिक प्रावधानलाई विचार गरेर हामीले तीनवटै निर्वाचन एकैसाथ गर्नु उपयुक्त र व्यवहारिक ठानेका हौं ।
  • देशमा स्थायीत्व, विकास र समृद्धि आवश्यक छ । यसका लागि संसदीय व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक समावेशी व्यवस्थापिकामा जानुपर्छ । यो संविधान निर्माणकै समयमा जनताले माग गरेको बिषय हो । अतः अहिले संविधान संशोधनमा यसलाई सम्बोधन गरौं । असल कामको निम्ति ढिलाई किन ? यसले मात्र हामीलाई स्थायीत्व, विकास र राष्ट्रिय एकता दिने छ ।
  • यसैगरी स्थानीय तह निर्वाचन सम्बन्धी कानूनमा वर्तमान व्यवस्थापिका संसद वाहिरका दलहरुलाई दलगत पहिचान सहित निर्वाचन चिन्ह नदिने जुन अलोकतान्त्रिक व्यवस्था गरिएको छ, सो हामीलाई मान्य छैन । यस्तो निर्दलीय कानूनको हामीले तुरुन्त संशोधनको माग गरेका छौं । यी शर्तहरुलाई कार्यान्वयन गरेर नै हामी निर्वाचनमा भाग लिने र उत्कृष्टता हासिल गर्नेछौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending